पाल्पामा ‘मगरात स्वायत्त प्रदेश’को माग गर्दै विशाल जन प्रदर्शन

Read Time:2 Minute, 54 Second

फोटो/समाचार /देब पचभैया  

  पाल्पा, भाद्र ३ – पहिचानको माग राख्दै मगर जातिले पाल्पाको सदरमुकाम तानसनेमा सांस्कृति झाँकी प्रदर्शन गरेका छन् । नेपाल मगर संघ, मगरात संघर्ष समितिको आयोजनामा बिहिबार मगरात भूमि पाल्पाको तानसेनमा प्रदर्शन गरेका हुन् ।

‘मगरात स्वायत्त प्रदेश’ को माग दोहोर्याउँदै राज्य धर्म निरपेक्ष हुनुपर्ने नारा लगाएका थिए । प्रथम सहिद लखन थापालाई सरकारले सहिद घोषणा गर्नुपर्ने भन्दै उनीहरुले मगरात भूमिमा सबै अटाउँने तर मगरात स्वायत्त प्रदेश आवश्यक रहेको बताएका थिए । मगरजातिमात्र नभई आदिवासीले सांस्कृतिक पहिचान गुमाउन नसक्ने उल्लेख गर्दै सहभागी मगर नेताहरुले अबको संघीय संविधान मगरजातिको पनि हुने बताएका थिए । जातीय पहिचान, जनसंख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चितताकोसमेत सहभागीले माग गरेका थिए ।

  धर्मनिरपेक्षता कार्यन्वयन गर, धार्मिक अधिकार सुनिश्चित गर, लगायत नारा लगाउँदै लखन थापा पार्क टुँडिखेलबाट सुरु भएर लहरेपिपल, सिल्खाटोल, विशालबजार, मखनटोल, सित्तलपाटी, असनटोल, नारायणटोल, भिमसेनटोलमा प्रदर्शन गर्दै हिडेका मगर समुदायले टुँडिखेलमै सभामा परिणत भएका थिए । सभालाई   सम्बोधन गर्दै नेपाल मंगर संघका संस्थापक महासचिव एवं नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य सुरेश आलेमगरले नयाँ संविधानमा पहिचान र सामथ्र्यका आधारमा संघीय राज्य हुनुपर्ने माग गर्नुभयो । उनले तिन शीर्ष नेता बसेर गरेका निर्णय आदिवासी जनजातिलाई अमान्य हुनेसमेत बताएका थिए ।

 

अव यो मुलुकलाई सम्वृद्ध बनाउन मगरात, ताम्सालिङ्, तमुवान लगायत प्रदेश आवश्यकता रहेको बताउदै उनले अहिले ६ प्रदेशको खाका अस्विकार्य हुने बताए । विभिन्न राजनीतिक दल आवद्ध मगर नेताहरुले नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नगरिए त्यस्तो संविधान स्विकार्य नहुने बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %