धान खेतिले भन्दा तर्कारी खेतीले कृषकहरू बढि लाभान्दित

Read Time:1 Minute, 52 Second

गोविन्द घर्ती

देवदह ,२ भद्रौ –  अर्गानिक तरकारी खेतीको रुपमा परिचित रुपन्देहीको देवदह–७, सरनवारीका कृषकले धानको सट्टा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

धान रोप्ने खेतमा बेमौसमी तरकारी खेती गरी किसानहरुले मनग्य आम्दानी लिन सफल भएका हुन । बोडी, करेला, भिण्डी, घिरौला लगायतका तरकारी लगाएको सरनवारीका अगुवा कृषक मानबहादुर गाहाको भनाई रहेको छ । गाहाको भनाई अनुसार धान रोपेर त्यसबाट आउने आम्दानी भन्दा तरकारी खेतीबाट बढि आम्दानी हुने भएकोले आफुले बेमौसमी तरकारी खेती गरेको हो ।

करिव २५ कठ्ठा क्षेत्र फल जग्गामा लगाएको बेमौसमी तरकारी स्थानीय बजारमा लगेर विक्रि वितरण गर्न शुरु गरेको कृषक गाहाको भनाई रहेको छ । एक लाख भन्दा बढि लगानी गरेर लगाएको तरकारी खेतीबाट उत्पादन शुरु भईसकेको गाहाले बताए । उत्पादीत तरकारीको बजार मूल्य उचित पाउन नसकेको कृषक गाहाको भनाई रहेको छ । देवदहको सरनवारी क्षेत्रमा करोडौ रुपैयाको तरकारी उत्पादन हुदै आए पनि धानको सट्टा तरकारी खेती गरिएको भने यो पहिलो पटक हो ।

यस भन्दा अगाडिका बर्षहरुमा थोरै जग्गामा बेमौसमी तरकारी खेती गरेपनि यस बर्ष भने आफनो सम्पूर्ण जग्गामा बेमौसमी तरकारी खेती गरेको कृषक गाहाको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %