न्यू जेनेरेशनलाई मगर कला ,सन्स्कृति चिनाउन कलाकारलाई अमेरीकामा ल्याउछौ -रोका मगर

Read Time:7 Minute, 53 Second

   अमेरीकन मगर संघका निर्बतमान अध्यक्ष क्या.दलबहादुर रोका मगर बृटिश गोरखा अन्तर्गत सेकेन्ड गोर्खा राइफलमा १९६५ साल सुंगगाईपटानी, मलेसीया बोइज कम्पनीमा भर्ति भएका हुन ।

२००६ सालमा अमेरिकामा आवासीय नागरिकता लिएका रोका मगर, मगर संघ अमेरीकाको अध्यक्ष (सेप्टेम्बर २०१३ देखि हाल १६ अगष्ट २०१५ सम्म) हुन । हाल उनी मगर संघ अ‍मेरिकाको सल्लाहकारमा  नियुक्त छन । अध्यक्ष पदबाट बाहिरै गर्दा राज्यसत्ता डटकम संग फोन मार्फत गरिएको बिशेष संबादको सारंस यहाँ प्रस्तुत गरिएको छ ।

१.अमेरीका आएर मगर समाजमा के गर्नु भयो ?

म अमेरीका आएर अध्यक्ष नहुदै यहां ३ पटक सम्म सास्कृतिक कार्यक्रम सन्चालन गरिसकेको ब्यक्ति हुं । म अध्यक्ष भए पछि २०१४ को मांधेसक्रातीको अवसरमा अमेरीकामै बसेर अध्यन गरेका ६ जना मगरहरु मध्ये ३ जना पिएचडी र ३ जना मेडिकल डक्टरहरुलाइ सम्मान गरेका थियौ । त्यस्तै २०१५ सालको मांधेसक्रातीमा पनि डा० चक्रबहादुर बुढाथोकी मगर र माओबादीको पालामा नेपालमा हेलीपाइलट चलाएका एक मगर पाइलटलाई  सम्मान गरिसकेको छौ । यस्को अलवा नेपालका प्रथम शहिद लखन थापा दिवश, मगर दिवश फाल्गुन १५ लगायतका कार्यक्रमहरु गर्दै आइरहेका छौ ।

२. अमेरीकामा कलाकारको व्यापार हुन्छ भनिन्छ नि ?

कलाकारको ब्यापार भन्दा पनि मगरकै कला र सस्कृति बचाउनकै लागी र हाम्रो न्यू जेनेरेशनलाइ हाम्रो अभिभारा सुम्पिनका लागी प्राय मगर कलाकारहरु अमेरीकामा ल्याउने काम गरन्छि । न्यूर्योक लगायत अमेरीकाको बिभीन्न प्रान्तमा हरेक बर्ष  सास्कृतिक कार्यक्रम गरेर नेपाल बाट अमेरीका बसाइ सराइ गरी  आएका हाम्रा नयां पिढीलाई  नेपाल चिनाउने काम गरेका छौ । यसै बर्षको जुलाइमा पनि खड्क गर्बुजा मगर र संगीता थापा मगरको उपस्थितमा न्यूर्योकमा देहोरी सांझ सम्पन्न भईसकेको छ । यसले नेपाली लगायत मगरको भाषा,लीपि, कला र सस्कृति चिन्ने र बुझ्ने मौका पाएका छन । बास्तवमा भन्ने नै हो भने सस्कृति बिकास , प्रबर्दन र संरक्षर्णका लागी हरेक बर्ष मगरका विविध  सास्कृतिक कार्यक्रम सम्पन्न भईसकेको छ भने आगामी दिनमा यसलाई निरन्तरता दिने भएका छौ ।

३. कार्यक्रम न्यूयोर्कमा मात्रै सीमित हुन्छ कि अन्य ठाउंमा पनि हुन्छ ?

कार्यक्रम गर्दा न्यूयोर्कमा मात्रै नगरेर मगरका घनावस्ती भएको ठाउहरु जस्तै न्युजर्सी,मेरीलाण्ड,बाल्टिमोर, र्भिजनीया,क्यालिर्फोनिया लगायत वासिंगटन डिसीमा गर्दै आइरहेका छौ ।

४.अमेरीकामा तपाइहरुको बाहेक अन्य मगर संगठनहरु पनि छन कि ? उनिहरु संग एकताको सम्भावना के छ ?

हजुर,अमेरीकामा मगर समाज गठन हुन पूर्ब नै बोस्टनममा बोस्टन मगर समाज गठन भइसकेको रहेछ, यो स्वतन्त्ररुपमा संचालन हुंदै आइरहेको छ । उहांहरु मगर संघ अमेरीका संग हातेमालो गर्न किन हो हीच्किचाईरहनु भएको छ । आशा  छ भबिश्यमा उहाँ र हामीहरु सहकार्य गरे र अगाडी बढ्ने छौ । त्यस्तै भूटानी मगर समाज संग पनि हातेमालो गर्न हाम्रो हातहरु अगाडी बढाई रहेका छौ । दुर्भाग्यबस, उहाहरुको हालै भएको प्रथम सम्मेलनमा चाँहेर पनि हामीले उपस्थित दिन नसक्दा दुख्ख लागेको छ ।

५.अमेरीकामा बस्नु हुन्छ, मातृ सस्था नेपाल मगर संघ संग कस्तो छ सम्बन्ध ?

नेपाल मगर संघ केन्द्रिय समिति संग सहकार्य गर्नेक्रममा अन्तराष्टि मगर मंच गठन गर्दा हाम्रो पनि ठुलो भूमिका रहेको छ । हाम्रो निबर्तमान महासचिब मान राना मगर ज्यूले मगरको प्रथम अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन जानु भएको हो । मगरको बिकास र समाजको जुनैसकै मुद्यदामा पनि मूलय चुकाउन हामी पछि पर्ने छैनौ । 

६.भूकम्प राहतमा त तपाइहरुको भूमिका कतै देखिएन नि ?

त्यसो हैन , गत बैषाख १२ गते र २९को बिनासकारी महा भूकम्पले गर्दा देशमा ठुलो धनजनको नोक्सान भएकाले हामीले पनि सहयोग संकलन गरिरहेका छौ तर मगर अन्तराष्टिय मंच र बिश्व मगर महासंघ बिच मतैकता समन्वय नभएकोले हामीले समयमा पैसा पठाए र भूकम्प पीडितहरुलाइ सहयोग गर्न सकेनौ ।

हाल यता यूके मगर संघ संग सम्र्पक बढि रहेकोले उहांहरु संग सहकार्य गरे र नेपालका प्रथम शहिद लखन थापा मगरको जन्मथलो गोरखा काउले भंगारमा उहांकै नाममा रहेको स्कुललाइ हालै गएको महाभूकम्पले भत्काइ दिएकोले उपयूक्त नयां ठाउको खोजी हुदै छ । त्यो जग्गा किन्ने र स्कुल बनाउन हामी अगाडी बढि रहेका छौ । यस्को सबै जिम्मा मेजर कृष्णकुमार आले मगर ज्यूलाइ जिम्मा दिएका छौ ।  

७. कति भयो अमेरीकामा मगर संगठन गठन गरेको,के छन तत्काल गर्ने कार्य योजनाहरु ?

यो मगर समाज अमेरीकामा २८ मार्च २००४ सालमा गठन भएको थियो । पहिला समितिको कार्यकाल ३ बर्षको थियो । तर, हालैको महाधिवेशनले २ बर्षे कर्यकाल बनाएको छ । साथै यो सममेलनले ६ महिना भित्र अमेरीकामा बसोबास गर्नै मगरहरुको क्षेत्रगत तथ्यांक निकालि हरेक स्टेटमा मगर संघ अमेरीकाको शाखा खोल्न बिधानमै चढाउन सर्बसहमति बाट सफल भएका छौ ।

सबै शाखा खोलीसके पछि यो समितिले केन्द्रिय समितिको भूमीका निभाउने छ । हरेक शाखा बाट आएका एक-एक जना सदश्यहरु केन्द्रिय सदश्य साथै आआफ्नो शाखाको लिंकमेन अर्थात शाखा प्रमुखको भूमिका निभाउने छन । साथै भबिश्यमा अमेरीकामा पनि बिभिन्न भातृ महिला,युवा ,बिद्यार्थी ,भूपू सैनिक,कलाकार, साहित्यकार र आबश्यक अनुसारको संगठनहरुको पनि निर्माण गरिने छ ।

समचारको लागी यो लिङ्क क्लिक गर्नुहोस:

मगर संघ अमेरीकाको अधिवेशन सम्पन्न,अध्यक्षमा रुद्र आले मगर

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %