कमल चौधरी
बुटवल , लगातारको बन्दको कारण पछिल्लो समयमा देशभरको जनजीवन प्रभावित भएको छ ।

आ–आफ्नो माग संविधानमा उल्लेख हुनुपर्ने माग राख्दै विभिन्न राजनैतिक पार्टी, जातजाति समुदाय लगायत संघसंस्थाहरुले देशभरीनै बन्द गरिरहेका छन् । त्यस्तै ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाउदै नेकप– माओवादी, आदिवासी जनजाति, थारुवन/थारुहट संयुक्त समिति लगायतका दलहरुले आह्वान गरेको बन्दका कारण सोमबार पनि देशभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको हो ।
यसरी लमो समय देखिको बन्दको करण तराईका २२ जिल्ला लगायत देशभरीनै पूर्ण रुपमा प्रभावित बन्न पुगेका छ, भने यात्रुहरु ठाउँ–ठाउँमा अलपत्र परेका छन् । सवारी साधन चल्न सकेका छैनन्, पसल शिक्षण संघसंस्थाहरु पूर्ण रुपमा ठप्प छन् । विरामी मर्कामा 
बन्दको कारण सबैभन्द ठुलो मर्क विरामीलाई परेको छ । बन्दको कारण समयमानै विरामीलाई अस्पतल पुर्याउन समस्य परेको हो । एम्बुलेन्स ड्रइभरहरु बन्दको कारण आफ्नो ज्यान जोखिम रहेको बताउँछन् । उनीहरुले बन्दामा बन्दकर्ताहरुले एम्बुलेन्सहरुलाई पनि बाँकी नराख्ने एक एम्बुलेन्स ड्रईभरले बताए । उनले नवलपरासी र कपिलबस्तुको चन्द्रौत लगायतका ठाउँहरुमा विरामीलाई ल्याउन र लैजान निकै जोखिम रहेको जनकारी गराए ।
यता भने वन्दको कारण विरामीले महङ्गो मुल्य तिर्नुपर्ने आवस्थ छ । त्यस्तै विरामी भएर आएका वणगंगा– १५ निवासी माञ्जु चौधरीले सवारी सधान नचलेपछी आफूहरु एम्बुलेन्समा महङ्गो सुल्क तिरेर लुम्बिनी अञ्चाल अस्पतलमा आउनुपरेको बताईन् । उनी त एउटा उदाहरण मात्र हुन्, उनी जस्तै सयौले यो अनिश्चित कालिन तराई बन्दको कारण सस्ती खेप्नु परेको छ । अब राज्यले छिटो भन्द छिटो बन्दको विकल्प खोज्नु जारुरी छ ।
बुटवल बजार सुनसान

बन्दको कारण सोमबार पनि बुटवल बजार सुनसान बनेको छ । लामो तथा छोटो दुरीका सवारी साधानहरु चल्न सकेका छैनन् । शिक्षण संघ संस्थाहरु पूर्ण रुपमा ठप्प छन् । भने ठाउँ ठाउँमा बन्दकर्ता र पैदल यात्रुको बाक्लो भिडा भाड रहेको देखिन्छ । सुरक्षको लागि सुरक्ष प्रशसान तैनथ आवस्थामा देखिन्छन् । भने बुटवलमा आज सम्मा कुनैपनि किसिमको अप्रियय घटना नघटेको प्रहरीलेहरु बताउँछन् ।
यत भने थरुहट/थारुवान संयुक्त समितिले थारुहरुको माग सम्बोधन नगरेको भन्दै बन्दालाई भदौ ४ सम्मलाई निरन्तरता दिने भएको छ । चार शीर्ष दलका शीर्ष नेताले आफूखुसी प्रदेशको सीमांकन गरेको भन्दै समितिले गत २६ गतेदेखि आन्दोति बनेको हुन् ।
पछिल्लो समयमा यसरी संविधान जारीहुने मिति नजिकै आउँदा आफ्नो मागहरु सुनिश्चित गराउने उद्देश्यले यी विभिन्न किसिमले देशभरी नै बन्दले जनजीवन अस्तव्यस्त बन्न पुगेको हो । यसको छिट्टै निकास हुन जारुरी छ ।
