राज्यसत्ता,
काठमाडौ , श्रावण ३१ – राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रित दलहरु र जनजाति संगठनले आइतबार पहिलो दिन गरेको नेपाल बन्दको प्रभाव काठमाडौको राजधानीमा परेको छ ।
बन्दले काठमाडौको मूल सडकहरूमा सवारीसाधन चल्न सकेको छैन ।अप्रिय घटना हुन नदिन मुख्य शहरको चोकचोकमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको र चोकचोकमा सुरक्षाकर्मी खटाईएता पनि राष्ट्रिय जनमुक्ति पार्टीले बिहानै देखि आफ्नो नेता तथा कार्यक्रताहरू शहरको मुख्य भागहरूमा परिचालन गरेको थियो ।
आज पहिलो दिन राजधानिको विभिन्न ठाउँ बाट नयाँ बन्दै गरेको एकाधिकारबाद संविधानको मस्यौदाको बिरोधमा यो एक्कलजातीय जनता बिरोधी सरकारले शान्तिपूर्ण बन्दको कार्यक्रममा जनमुक्तिका करिब ५०० जना जति बल प्रयोग गरि गिरफ्तार गरेको छ।
गिरफ्तारमा परेका नेता तथा कार्यक्रताहरूलाइ काठमाडौंको ,माहाराजगन्ज स्थित २ न. गण बिरेन्द्र प्रहरी तालिम केन्द्रमा राखेको छ ।
फोटो: धनकेशर सूर्यबंसी मगर
