मगरातलाई तीन टुक्रा पारेकोमा ३ बाहुन,एक थारूलाइ बिरोध पत्र बुझाइयो ।
ज्ञानेन्द्र पुनमगर
काठमाडौ , श्रावण २९ – राज्यको पुनर्संरचना गर्ने क्रममा बिना आधार ६ प्रदेश ल्याइयेको छ ।
जस्ले मगरहरुको आदिम भूमी मगरातलाई तीन टुक्रामा बिभाजन गरेको बिरुद्धमा मगरात क्षेत्रको मगरहरुको सघन बस्ती रहेको भुमीलाई एउतै प्रदेशमा राख्नको लागि दवाव दिन आज (२०७२ श्रावण २९ गते) “मगरात संघर्ष समितीले बिरोध-पत्र बुझाएको छ ।
समितिले आज सिंहदरबारमा दलको नेताहरु: एमाओवादी अध्यक्ष प्रचण्ड, काङ्ग्रेस नेता रामचन्द्र पौडेल, फोरम अध्यक्ष बिजय गच्छदार, पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एकमुष्ठ एउटै कार्यक्रममा बिरोध-पत्र बुझाइएको छ ।
नेपाल मगर संघको पदधिकारीहरु र विभिन्न पार्टीको मगर नेता तथा मगर सभासदहरुको उपस्थितीमा मगरातले बिरोध पत्र नेताहरुलाइ बुझाउदै मगरहरुको सघन बस्तिलाइ टुक्राटुक्रा नपारेर एउटै प्रदेशमा राख्न गम्भीर ध्यानाकर्षण गराउर्दै यसो नगरे कडा संघर्ष गर्ने चेतवानी दिएको नेपाल मगर संघ केन्द्रिय समितिका सचिब ज्ञानेन्द्र पुनमगरले जानाकारी दिए ।
त्यसै गरि आजै नेपाल मगर संघको नेतृत्वमा प्रस्तावित मगरात भित्रका जिल्लाहरु (पाल्पा, रोल्पा, म्याग्दी, बाग्लुङ, कास्की, तनहुँ, गोरखा, रुपन्देही, सल्यान, दाङ, रुकुम, नवलपरासी, गुल्मी, अर्घाखाँची, प्युठान र स्याङ्जा लगायतको जिल्लाहरु)मा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई हाम्रो बिरोध-पत्र बुझाइयेको छ ।
मगरात सघर्ष समितीले भाद्र ३ गते काठमाडौं बानेश्वरमा बिरोध सभा गर्दै छ । त्यस पश्चात् थप सशक्त कार्यक्रमहरु धोषणा गर्ने छ ।
