पहिचान खोज्दै, बुटवलमा विश्व आदिवासी दिवस

Read Time:4 Minute, 41 Second

कमल चौधरी

बुटवल , सावन २८ – विगतका बर्षहरुमा झै यस बर्षपनि नेपालमा विविध कार्यक्रम गरी २१ औं विश्व आदिवासी जनजाति दिवस सम्पन्न भएको छ ।

यसो त नेपाल बहुजाति बहुभाषिक र बहुधार्मिक विविधता भएको मुलुक हो । त्यसैले यहाँ विभिन्न जातजाति समुदायका मानिसहरुको साझा थलोको रुपमा परिचित छ । उनिहरुको आ –आफ्नै भेष–भुषा रितिरिवाज, भाषा संस्कृति रहेको पाईन्छ । नेपालमा  यी विभिन्न जातजाति समुदायहरु मध्येका आदिवासी जनजातिहरुले “अगस्त ९” का दिन भव्यताका साथ यो दिवसको रुपमा मनाउन लागेको दुई दशक भैसक्यो । यो दिन सबै आदिवासी जनजाति एकै ठाउँमा भेला हुने भएकोले यसलाई जनजाति समुदायको एउटा पर्वकै रुपमा लिने गरेको जनजाति अगुवाहरु बताउँछन् । त्यस्तै संविधानमा आदिवासी जनजाति समुदायहरुको  अधिकार सुनिश्चित गर्नको लागि दवाव स्वरुप यस बर्षको २१ औं विश्व आदिवासी जनजाति दिवस आन्दोलनको रुपमा सडकमा मनाउनु पर्ने अवस्था आएको छ ।

“पहिचान सहितको संघीयता, आदिवासी जनजातिको अडान समानुपतिक समावेशी र धर्म निरपेक्षता सहितको नयाँ संविधान ” मूल नारा सहित यो बर्ष दिवस मनाएका हुन् । यसरी देशका विभिन्न जिल्लाहरु रुपन्देही, पाल्पा, कपिलबस्तु, चितवन लगायत देश तथा विदेशमा पनि मनाईयो ।

त्यस्तै २१ औं विश्व आदिवासी दिवस २०७२ मूल आयोजक समारोह समिति रुपन्देहीले वुटवलको लखन चोकमा कार्यक्रम सम्पन्न गरेको हो । सो समारोहमा  मगर, गुरुङ्ग, थारु, नेवार, थकाली, कुमाल, तमाङ्ग, राई, छन्त्याल लगायतका आदिवासी जनजाति समुदायहरुले आ–आफ्नो जातिय झाँकी सहितको र्याली निकालेका  थिए । 

र्याली बुटवलको पुष्पलाल पार्क, बेक्याम्प र योगीकुटी ३ ठाउँबाट एकैचोटी निकालिएको थियो । र बुटवलको लखनचोक (राजमर्ग चौराह) मा कोणसभामा परिणत भएको थियो  ।

कार्यक्रममा सम्बोधन गर्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सचिवालय सदस्य नविन रोक मगरले सबै जातजाति भाषा धर्म संस्कृतिको सम्मान हुने संविधान बन्नुपर्ने बताउदै उनले पहिचान विनाको ६ प्रदेश आदिवासी जनजाति समुदायलाई स्वीकार्य नहुने, पहिचान सहितको संघीयता, समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षता लागू हुनुपर्नेमा जोड दिए । उनले पहिचान जातिय राज्य नभएको भन्दै पहिचान जातिय मुक्ति, समनता र स्वतन्त्रतको मुद्दा रहेको जिकिर गरे ।

सो कार्यक्रममा जनजाति अगुवा तथा अन्र्तराष्ट्रिय बुद्ध परियत्ति उदय विहारका केन्द्रिय सदस्य झमबहादुर गुरुङ्ग, आदिवासी जनजाति समन्य समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चा, थारु कल्यणकारी समितिका प्रतिनिधि खुसीराम चौधरी, तमू छोंज धी राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष सुर्यलाल गुरुङ्ग, छन्त्याल समाज जिल्ला अध्यक्ष दलबहादुर छन्त्याल, महिला प्रतिनिधि गिता सारु,बुटवल उप–महानगर पालिकका साखा अधिकृत डोलराम पौड्याल लगायतले पहिचान र धर्मनिरपेक्षता सहितको संविधान निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरीको अध्यक्षतामा उपाध्यक्ष कृष्ण मुक्तानको स्वागत र सचिव दुर्गा थापाको संचालन रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %