कृष्ण सारू मगर
पाल्पा, फोक्सिङकोट-४ पाल्पाका मृगौला पिडित टेकबहादुर गाहा मगरलाइ नेपाल मगर बौद्ध सेवा समाज हङकङकी अध्यक्ष कविता थापा मगरले सहयोग गरेका छन ।

गाहा मगरले हरेक महिना आठ/दशहजार रूपैयाको नियामित साथै आजीवन दबाइ खानु पर्ने भएकोले मगरलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै कबीताले नेरू दशहजार सहयोग पठाएकी हुन । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ बहराईनका सुचा तथा संचार प्रमुख कृष्ण सारू मगरले नेरू दुईहजार एकसय सहयोग गरेका थिए ।
ऐक्यबद्धता, सिक खबर तथा संसार न्यूज डटकम अनलाईन मिडियाका प्रवन्ध निर्देशक चन्दा थापा मगरले उनकै कार्यलयमा गाहा मगरलाइ सह्योग रकम हस्तान्तरण गरेकी हुन ।
गाहा मगरलाई मृगौला प्रत्यारोपण उपचारका लागि देश-बिदेश बाट सह्योग संकलन द्वारा नै रकम जुटाई गएको ०३/०५/२०७० मा श्रीमती हरिकला गाहा मगरले मृगौला दिई आफ्नो पतिलाई भक्तपुर स्थित मानअंग प्रत्यारोपण केन्द्र अस्पतालमा एक मृगौला दिई नयाँ जीवन दिएको हो ।
