लखन प्रतिष्ठानको बुङकोट परियोजना संबनधी छलफल

Read Time:3 Minute, 20 Second

लखनथापा प्रा.वि.स्थानान्तरण तथा पुननिर्माण गरिने

दिल प्रशाद मगर

  काठमाडौ , श्रावण २४ – प्रथम शहीद लखन थापा मगर स्मृती प्रतिस्थानले गत साता काठमाडौंमा आयोजित भेटधाट तथ सम्मन कार्यक्रम बुङकोट परियोजना २०७२ को बारेमा छलफल गर्यो ।

जहाँनिया राणा शासनका प्रबर्तक जङबहादुर राणाको बिरुद्धमा जनआन्दोलन गर्ने प्रथम शाहीद लखन थापा मगरको जन्मथलो तथा सहादत प्राप्त गरेको ठाउँ गोरखा बुङकोट स्थित कहुले भङ्गारमा रहेको लखन थापा प्रा बि गत बैशख १२ गते गएको महाबिनाशकारी भूकम्पले धोस्त परेको र लखन थापा मगरको स्मारक समेत क्षतिग्रस्त पारेकोले सो विद्द्यालय नजिकै स्थानतरन  गरी भूकम्प प्रतिरोध एबम अपाङगता मैत्री पक्की भवन निर्माण गर्ने परियोजा बारे छल्फल भयो ।

यो परियोजनाको प्रस्तव तयार भई आर्थिक सहयोगको लागि बिदेश्मा रहेक बिभिन्न सङ्संस्थाहरू सँग अनुरोध गरिएको छ भने जग्गा बिद्यलय ब्याबस्थान तथा स्थानिय समुदाय र सरोकारवाला  सस्थाहरुले समेत लखन प्रतिस्थानलाई अनुरोध समेत गरेको छ । र प्रतिस्थानले बुङकोट गुरुयोजना अन्तर्गत यो बिद्यलयस्थानतरण एबम निर्माणको पहल गरिरहेको छ ।

कार्यक्रममा सो बिद्यलय निर्माण परियोजनालाई कसरी प्रभावतरिका ढङ्गले सम्पन्न गर्ने र बुङकोट गुरुयोजना अन्तर्गत बिद्यलय स्थानान्तरन पछी सो ठाउमा प्रथम शहीद लखन थापा मगर सङ्रहालय स्थापना गर्ने बारेमा समेत  छलफल गरियो । स्मरण रहोस हाल बुङकोटमा रहेको सो बिद्यालय रहेको जग्गा प्रथम सहिद लखन थापा मगरको घराजाग्ग रेहेको ठाउँ हो , र उनको सहादत पछी राणाशासन दमनले उन्का सन्ततिहरू नेपाल छोडी बेवारिसे भएकोले पछि सोही जग्गामा बिद्यालय बनाइ सन्होचालन गरिएको हो ।

कार्यक्रममा प्रतिस्थानका सल्लाहकर त्रिलोकसिह थापा मगर तथा हङ्कङ्मा रहेर मगर तथा जनजातिहरूको अभियानता प्रेम गलामी मगरले समेत बिद्यलय निर्माण तथ सङ्राहलय निर्माण सम्बन्धि सल्लहा सुझाब दिए । लखन थापा मगरलाई प्रथम शहीद घोसणा गर्ने समबन्धमा सम्सदमा दबाब दिन सभाषदहरु सङ्ग अन्तरकृया तथ छलफल गर्ने, स्मरिका प्रकाशन गर्ने, आगामी लखन स्मृती दिवस मनाउने लगायतका बिसयहरुमा छलफल भयो ।

कार्यक्रममा प्रतिस्थानलाई सहयोग गर्दै आउनु भएका प्रेम गलमी मगरलाई प्रतिस्थानले सम्मान समेत गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %