हरिबहादुर सारुमगर
पाल्पा , श्रावण २४ – पाल्पा जिल्लामा कार्यरत आदिवासी जनजाति कर्मचारीहरुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । तानसेनमा सम्पन्न भेलाले लोकेन्द्र थापामगरको अध्यक्षतामा १५ सदस्यिय आदिवासी जनजाति कर्मचारी मञ्च पाल्पाको गठन गरेको छ ।

समितिको उपाध्यक्षमा धनकला गाहा र शौन्दर्यवती शाक्य रहेका छन । यस्तै समितिको सचिवमा हरिबहादुर सारु ,सहसचिवमा मधु घर्ती र कोषाध्यक्षमा रमा श्रेष्ठ निर्वाचितभएका छन । उक्त समितिको सदस्यहरुमा यमबहादुर चिदी, ढकबहादुर सिंजाली, दुर्गा कुमाल, वेदराम श्रीस, लिला ढेंगा, पुष्पा थापा, हेमा कुमारी रिंजाली, दिपक जिटि र धनबहादुर राना भएका छन ।
राज्यको सरकारी संरचनाको सवै तहमा आदिवासी जनजातिहरुको पहुँच बृद्धि गरी नीति निर्माणमा समानुपाति समावेशीकरण गर्ने धेयका साथ आयोजित कार्यक्रममा मञ्चका केन्द्रिीय सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले मञ्चको अवधारण आवश्यकता र महत्वको बारेमा प्रस्तुती गरेका थिए । भेलाका प्रमुख अतिथि समेत रहेका घर्तीले तोकिएको कार्यप्रति इमान्दार र कर्तव्यनिष्ठ भई पेशागत हकहितको संरक्षण एवं सम्बद्र्धन गर्न सवै आदिवासी जनजाति कर्मचारीहरु एक जुट हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले हिजो राज्ये बनाएको विभेदकारी नीतिका कारण आदिवासी जनजातिहरु सरकारी संरचनामा प्रवेश गर्न नसकेको बताएका थिए । उनीहरुले आदिवासी जनजातिहरुको उत्थान र हितका लागि समानता होईन समता चाहिन्छ भन्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष त्रिरत्नलाल शाक्य, आदिवासी जनजाति उत्थान समन्वय समितिका उपाध्यक्ष ज्ञानबहादुर गाहा, राप्रपाका माया बज्राचार्य, राष्टिय जनमुक्तिका केहर सिं राना, राष्टिय जनमोर्चाका विशाल दर्लामी, नेकपा माओवदि ड्यसका हिराबहादुर थापा, नेकपा एकिकृतका नविन थापाले बोलेका थिए । यस्तै नेपाल मगर संघका केन्द्रिय सदस्य गमबहादुर थापा, जिल्ला अध्यक्ष बलबहादुर गाहा, जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ र पत्रकार महासंघका कोषध्यक्ष मिलन विक लगायतले बोलेका थिए ।
हेमा कुमारी रिंजालीको स्वागत र मधु घर्तीको सञ्चालनमा भएको भेलाको अध्यक्षता भेला तयारी समितिका संयोजक हरिबहादुर सारु मगरले गरेका थिए ।
