पहिरोले बगाएर बस खोलामा,३जनाको मृतु

Read Time:2 Minute, 33 Second

कृष्ण सारू मगर

पाल्पा, श्रावण २३ -पाल्पा देखि बुटवल तर्फ आउँदै गरेको लु १ ख ५७७१ नंबरको यात्रुवाहक बस शिद्बबाबाको बाटोमा आज पहिरोले बगाइ बसलाई खोलामा पुरयाएको छ ।

सिद्दार्थ राजमार्गअन्तर्गत दोभान गाविस–५ माथिल्लो सिद्दबाबानजिकै यात्रुबाहक बस पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो । बस खोलाले पुरेकाले अहिलेसम्म कति यात्रुल हताहत भए भन्ने यकिन हुन सकेको छैन ।

पहरामुनी एक जना र अन्यको नजिकै दुई जनाको शव फेला परेपनि कसको हो भन्ने पहिचान हुन सकेको छैन । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले उद्दारको काम गरिरहेका छन् ।

सिद्धार्थ राजमार्गको दोभान गाविस अन्तर्गत पर्ने सिद्धबाबा नजिकै अवरूद्ध सडक खण्ड चार घण्टा पछि खोलन सफल भएको  दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक धिरेन्द्र प्रसाद श्रेष्ठकाले बताए ।

सिद्दबाबा नजिकैको झरनामा पहिरो आउदा बसलाई नै बगाएको हो । पहिरो बिस्तारै खसेकाले बसमा सवार केही यात्रुहरु भागेर र पहरामुनि लुकेर बाँच्न सफल भएपनि केही यात्रु बसभित्रै भएकाले पहिरोले बगाएको हो । बाहिर निस्केकाहरु भने भागेर बाच्न सफल भएका थिए । सोही बसका सहचालक लीलामणी अधिकारीका अनुसार तानसेनबाट ११ बजेर ४५ मिनेटमा बस छुटेको थियो ।

हिलोसहित ढुंगा माटो आएपछि बस अघि बढ्न सकेको थिएन । कतिपय यात्रु भने हतार हतार भागेर बाँच्न सफल भएको अधिकारीले बताए । उनका अनुसार तीन चार जना मात्र बसमा रहेका हुनसक्छन् । ठूलो पानी परेकाले समस्या भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पहिरोले अवरुद्ध भएको सिद्दार्थ राजमार्ग खुलाउने प्रयास थालिएको बताए ।

फोटो :कृष्ण सारू मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %