गोविन्द घर्ती
देवदह , साउन २३ – नेपाल मगर युवा संघ देवदह नगरसमितिको आयोजनामा बृह्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२१ औ विश्व आदिवासी दिवसको अवसरमा संघले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्दै नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टाले धर्म निरिपेक्ष राष्ट्र घोषणा नगरिदा सम्म सवै जातजातीको विकास हुन नसक्ने बताए । उनले नेपालमा रहेका सवै जातजातिको भाषा, संस्कार र सस्कृतिको संरक्षणको लागि धर्म निरपेक्षता आवश्यक रहेको बताए ।
उनले संविधानमा निर्माण गर्न लागिएको प्रदेशहरुमा सवै जातजातिको समान हुने अवस्था नभए सम्म प्रदेश निर्माणको कार्य स्वीकार नगरिने बताए । अध्यक्ष विरकट्टाले हिमाल, पहाड, तराईलाई मिलाएर बन्ने प्रदेशले सवै भाषा, भाषी र जातजातिलाई समान दिन नसक्ने भएकाले त्यस्ता खाले प्रदेशह निर्माण गर्न नहुनेमा जोड दिए ।
नेपाल मगर युवा संघका अध्यक्ष विनोद थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर युवा संघ रुपन्देहीका उपाध्यक्ष कमल थापा, नेपाल रेडक्रस सोसाईटी देवदहका अध्यक्ष गोपाल ढकाल, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, देवदह नगरसभापति दर्गाबहादुर राना, नेकपा माओवादीका ऋषिराम लामिछाने, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष बोमबहादुर गुरुङ्ग, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, भुजेल सेवा समाजका राजु भुजेल, नमुना आमा समुहका सारदा सुवेदी लगायतले बोल्दै एक थोपा रगतले धेरैको ज्यान जोगाउन सकने हुदा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा ५८ यूनिट रक्तदान र ३६ यूनिट बरावरको १३ हजार १ सय ४० रुपैया हेनर डियूनिट अक्षय राहतकोषमा आर्थिक सहयोग प्रदान गरेको छ । संघका उपाध्यक्ष जीवन थापाको स्वागत र सदस्य सीबी सुनारीमगर र हिमाल सारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
