धर्मनिरपेक्ष बिनाको संविधान आएमा मान्य नहुनेमा जोड

Read Time:3 Minute, 52 Second

शान्ति र्यालिमा उर्लीयो स्वस्फुर्त जनसागर

सनु थापा मगर

  बुटवल,  २३ सावन – धर्मनिरपेक्ष राष्ट्र हटाएर संविधान जारी भए आफुहरुलाई मान्य नहुने शुक्रबार बुटवलमा आयोजित खवरदारी सभामा बोल्ने धार्मिक अभियान्ताहरुले जोड दिएका छन् ।

राष्ट्रको कुनै धर्म नहुने तर्क गर्दै उनीहरुले हिन्दु राष्ट्र घोषणा गरिए मुलुकले ठुलो मुल्य चुकाउंनु पर्ने चेतावनी समेत दिएका छन्। धर्मनिरपेक्ष संरक्षण समिति,रुपन्देहीले बुटवलको मिडिया चोकमा आयोजना गरेको धर्मनिरपेक्ष राष्ट्र संरक्षणात्मक खबरदारी सभामा बोल्ने धार्मिक अभियान्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दैं राष्ट्रिय ख्रिष्टियन महासंघ,नेपालका महासचिव सि.वि.गहत्तराजले मुलुक धर्मनिरपेक्षताबाट पछि हटेर संविधान जारी भए लाखौं धर्मनिरपेक्षताबादीहरु सडकमा उत्रने चेतावनी दिए। उनले धर्मनिरपेक्षताको आन्दोलन रुपन्देहीबाट सुरु भई देशभर चर्काउंने पनि बताए । 

समाजसेवी तथा नेता दलबहादुर बिरकट्टाले संविधानसभाले गरेको निर्णयबाट सरकार पछि नहट्न र सरकारको निर्णयको पक्षमा उभिन आफुहरुले खबरदारी सभा गरेको बताए । अर्का समाजसेवी एवं नेता रामप्रसाद वञ्जाडेले आफैले गरेको निर्णयबाट दलहरु पछि फर्किन लागेकोमा आपत्ति प्रकट गदैं धर्मको बारेमा जनमत संग्रह गर्नु नपर्ने जिकिर गरे ।

धार्मिक अभियन्ता झमबहादुर गुरुङले चार दलले जवरजस्त हिन्दु धर्म घोषणा  गर्ने कुचेष्टा गरिए समानान्तर सरकार गठन गरेर चलाउने चेतावनी दिनुभयो  । बुटवल उपमहानगरपालिकाका पुर्व उपमेयर विमलबहादुर शाक्यले धर्मनिरपेक्षताका लागि आफुहरु अन्तिम घडीसम्म लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समितिका संयोजक सुरज थापाको अध्यक्षता,सञ्चारकर्मी सनु थापाको संचालन,सहसंयोजक पार्वती घर्तिमगरको स्वागतमा भएको कार्यक्रममा मुश्लिम समाजका मकबुल शाह,समाजसेवी सुर्जेलाल गुरुङ,धार्मिक अभियन्ता धनी आले लगायतले बोलेका थिए । 

कार्यक्रम अघि बुटवलको चौराहस्थित लखनचेकबाट हजारौंको संख्यामा सुरु भएको बृहत र्यालीले बुटवल बजार परिक्रमा गरि मिडिया चोकमा पुगेर सभामा परिणत भएको थियो ।

यसैबीच समितिले शुक्रबार नै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विस्नुप्रसाद ढकालमार्फत संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ । 

मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र कायम राख्न माग गदैं समितिले ज्ञापन पत्र बुझाएको हो । समितिका संयोजक सुरज थापा,सहसंयोजक पार्वती घर्तिमगर,समाजसेवी सुर्जेलाल गुरुङ , लगायतको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %