क्यान्सर पीडित गाहा मगर उपचारको खोजीमा

Read Time:2 Minute, 8 Second

देब पचभैया  

  पाल्पा, २२ साउन – घाँटीमा क्यान्सर रोग लागेर विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइ रहेका चिर्तुङ्गधारा गाविस, ७ घोरबन्दा पाल्पाका ४३ वर्षिय कुलबहादुर गाहा मगरलाई आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएको छ ।

ऋण गरेर बिदेश पुगेका कुलबहादुर रोग लागेपछि गाउँ फर्किएर ज्याला मजदुरी काम गर्दै आएका थिए । उपचारमा ठूलो रकम लाग्ने भएकाले उनले सहयोगको याचना गरेका छन् ।  

  आर्थिक अभावले उपचारमा समस्या भएपछि गाहाले पाल्पाका पत्रकारहरु  भेटेर सहयोगका लागी हात फैलाएका हुन् । गाहाले विगत चार महिनादेखि चितवनस्थित विपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्दै आएको बताए । आर्थिक अभावका कारण थप उपचारमा समस्या आएपछि सहयोग गरिदिन उनको आग्रह छ ।  

क्यान्सर लागेको घाँटीको अप्रेसन भएपनि किमो गर्न प्रत्येक २८ दिनमा ४० हजार भन्दा बढी खर्च हुन्छ, गाहाले भन्नुभयो “घरमा भएको रकम सकियो, अब बिक्री गर्ने घर बाहेक केही छैन , अहिलेसम्म ४ लाख खर्च भयो, अझै पनि कति रकम लाग्ने हो  थाहा छैन ।   काम गरेर कमाउने यो उमेरमा ठूलो रोग लागेपछि गाहा चिन्तित बनेका छन ।

रोगले धनी गरीव नभनेको बताउँदै उनले भने , सबैको सानो–सानो सहयोगमा मेरो जीवन बाँच्ने थियो । लामो समय चितवनै बसेर उपचार गर्नुपर्ने उनले बताए । उनका अनुसार आफूलाइ सक्दो सहयोग गर्न र थप जानकारीका लागि ९८४७१३९८७३ मा सम्पर्क गर्न सकिनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %