बुटवल २२ श्रावण – अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)केन्द्रीय समितिले श्रावण २८ गते बुटवलमा गर्न लागेको सचेतना विविध सास्कृतिक कार्यक्रमको व्यापक तयारी भैरहेको जनाएको छ ।
२१ औं विश्व आदिवासी दिवसको अवसर पारेर महासंघले रुपन्देहीको व्यवस्थापनमा सास्कृतिक कार्यक्रम गर्न लागेको हो ।
महासंघले कार्यक्रम तयारीको क्रममा प्रचारप्रसार,टिकट विक्रि तथा वितरण,जनभेटघाट,छलफल,घरदैलो,पत्राचार लगायतका गतिविधिलाई अगाडि बढाइएको महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र राईले जानकारी दिएका छन ।
बुटवल ६ स्थित रुपन्देही व्यापार संघको सभाहलमा हुंने कार्यक्रममा राष्ट्रिय स्तरका हांस्य कलाकार,राष्ट्रिय जनवादी तथा प्रगतिशील कलाकारसहित स्थानीय कलाकारको वेजोड प्रस्तुति रहने अध्यक्ष राईले बताए । कार्यक्रम हेर्नका लागि महासंघले पांच हजार,दुई हजार,एक हजार,पांच सय,दुई सय र विद्यार्थीका लागि एक सय रुपैयांको टिकटको व्यवस्था गरिएको जनाएको छ ।
महासंघले श्रावण ३० गते कास्कीको पोखरा,३२ गते बाग्लुङ र भदौं ४ गते काठमाण्डौमा सास्कृतिक कार्यक्रम गरेर कार्यक्रमको समापन गर्ने अध्यक्ष राईले जानकारी दिए ।
