रक्तदान कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 26 Second

बुटवल, श्रावण २२ – नेपाल आदिवासी जनजाति युवा महासंघ,रुपन्देहीले बुटवलमा रक्तदान गरेकोछ ।

२१ औं विश्व आदिवासी दिवस २०७२ को अवसर पारेर महासंघले रक्तदान गरेको हो ।रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको एक कार्यक्रमबीच नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका उपाध्यक्ष कृष्ण मोक्तानले उद्घाटन गरे ।

कार्यक्रममा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीका अध्यक्ष सुर्जेलाल गुरुङ,पत्रकार टेक मास्की, नेपाल मगर विद्यार्थी संघ,रुपन्देहीका अध्यक्ष तेज रानामगर लगायतले बोल्दैं रक्तदानको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । नेपाल आदिवासी जनजाति युवा महासंघ,रुपन्देहीका कार्यवाहक अध्यक्ष संजिव थापामगरको अध्यक्षता र सचिव श्री थापामगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

महासंघले हरेक वर्ष ९ अगष्टमा विश्व आदिवासी दिवस मनाउंदैं आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %