पोखरा, २२ – गोर्खा कम्युनिटी पोखराका अध्यक्ष, तमु धिं नेपालका संरक्षक, कास्की आवाज दैनिकका सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङको परिवारले स्वर्गीय बाबा जुमप्रसाद गुरुङको स्मृतिमा तमु धिं नेपालस्थित भूकम्प प्रभावित पुर्नस्थापना केन्द्रमा रहेका भूकम्प प्रभावितहरुलाई विहीवार भोजन दान र राहत प्रदान गरेको छ ।
आफ्ना बुबाको ४९ दिनको पुण्य तिथि रहेकाले भूकम्प प्रभावितहरुलाई बुबाको स्मृतिमा भोजनदान र पूर्नस्थापना केन्द्रमा रहेका सुत्केरीहरुलाई हर्लिक्स र खास्टोद्धारा स्याई स्याई गरिएको हो ।
उक्त अवसरमा मेजर गुरुङका बहिनी कल्पना र ज्वाई देवीप्रसाद गुरुङले तमु धिं नेपालले स्थापना गरेको भूकम्प पीडित राहत कोषका लागि ५ हजार रुपैया तमु धि नेपालका अध्यक्ष कर्म तमुलाई प्रदान गरेका थिए ।
तमु धिं युकेको नेपाल कोअर्डिनेटर समेत रहेका मेजर लक्ष्मीप्रसाद गुरुङले बुबाको विरामी र स्वर्गारोहणले गर्दा भूकम्प पीडितलाई बेलैमा राहत प्रदान गर्न चाहेर पनि अवसर नमिलेको बताउदै तमु धिंले भूकम्प पीडितका लागि अतुलनीय योगदान गरेकाले ढिलै भए पनि भोजनदान गरेको बताए । उनले पोखरामा गोर्खा र गुरुङ समुदाय मिलेर काम गरे धेरै गर्न सक्ने दावी गरे ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुले भोजन तथा राहतदाता मेजर लक्ष्मीप्रसादको परिवारजनलाई खादा लगाउनुहूदै स्वागतका साथ तमु धिंले एक महिनाका लागि भनेर पूर्नस्थापना केन्द्र स्थापना गरे पनि आवाश्यकता अनुसार समयावधि थपेको बताए ।
तमु धिं नेपालका सहकोषाध्यक्ष तथा विदेश विभाग संयोजक सरस्वती गुरुङले संचालन गरेको कार्यक्रममा प्रचार संयोजक हुमबहादुर गुरुङले स्वागत गरेका थिए ।
तमु धिं नेपालले स्थापना गरेको भूकम्प प्रभावित पूर्नस्थापना केन्द्रमा हाल १२ जना भूकम्प प्रभावित रहेको कार्यलय सचिव रमेश गुरुङले जानकारी दिए ।
