बन्दले जनजीवन प्रभावित

Read Time:51 Second

स्याङ्जा, २२ साउन – संयुक्त दलित संघर्ष समिति स्याङ्जाले आयोजना गरेको बिहीबारको एकदिने यातायात बन्द सफल भएको बताएको छ ।

यातायात बन्द भनिएपनि शैक्षिक तथा व्यापारिक प्रतिष्ठानहरु पूर्ण रुपमा बन्द भएका थिए । दलितका अधिकार सुनिश्चित गर्न माग गर्दै साउन १९ मा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले दमन गरेको बिरोधमा उनीहरुले यातायात बन्दको आयोजना गरेका थिए ।

अधिकार प्राप्तीका लागि भएको प्रदर्शनमा दलित नेताहरुलाई लाठिचार्ज गर्नु आपत्तिजनक कार्य भएको समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %