कस्केलीले विश्व आदिवासी दिवस चिप्लेढुंगामा मनाउने

Read Time:1 Minute, 37 Second

पोखरा, २२  साउन  – २१ औं विश्व आदिवासी दिवस नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हकाधिकार सुनिश्चित गर्ने माग सहित सडकमै मनाउने कार्यक्रम अनुसार कस्केली आदिवासी जनजातिहरुले चिप्लेढुंगा मानवअधिकार चोकमा मनाउने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघद्धारा अधिकारका निम्ति संघर्ष गर्ने प्रणका साथ “पहिचान सहितको संघीयता आदिवासी जनजातिको अडान ! धर्म निरपेक्षता, समानुपातिक समावेशी सहितको नया“ संविधान’’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम अुनसार पोखरा सभागृहबाट अधिकारमुखी र्याली शुरुभई न्युरोड, चिप्लेढुंगा हुदै मानवअधिकार चोकमा सभामा परिणत हुने भएको छ ।

पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान, धर्मनिरपेक्षता कार्यन्वयन, आदिवासी जनजातिसँग गरिएका सम्झौता, सहमति कार्यन्वयन, आईएलओ १६९ अनुसार संविधान निर्माण लगायतका मागका सहित हुने सभालाई आदिवासी जनजाति अगुवाहरु कृष्ण हाछेंथु, कर्म तमु, रेशम गुरुङ, सुरेन्द्र थापामगरले सम्बोधन गर्ने आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण लामाले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %