माया घले मगर / इजरायल
काठमाण्डौ, श्रावण २१ – इजरायलमा रहेका मगर समुदायको संस्था नेपाल मगर समाज इजरायलले गत जेठ १० गते म्याग्दीको राम्चे गाविसस्थित काफलडाँडा बैसरीमा गएको भिषण पहिरोमा परी घरवार विहिन भएका १८ घर परिवारलाई रु १ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
मगर समाज इजरायलकी बरिष्ठ उपाध्यक्ष विष्णु पुन मगर र कोषाध्यक्ष जय पुर्जा मगरको विशेष पहलमा इजरायलमा रहेका नेपालीहरुमाझ संचालन गरिएको चन्दा संकलन अभियानबाट संकलित उक्त रकम गत ११ साउन सोमवार म्याग्दीको वैसरीमा विशेष कार्यक्रमको आयोजना गरी नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको हातबाट ‘बैसरी पहिरो पीडित उद्दार समिति’का अध्यक्ष भिमवहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण गर्दै नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापा मगरले रोजीरोटीको जोहो गर्न प्रवासी भूमी इजरायलमा रहेका नेपालीहरुले आफ्नो जन्मभूमीमा भएको प्रकोपमा परेका नेपालीहरुलाई मनदेखिनै सहयोग गरेको बताएका थिए । उनले घरवार गुमाई पिडितभेका बैसरीवासी पिडितहरुप्रति सहानाभुती प्रकट गरेका थिए ।
त्यस्तै रकम वुझ्दै पहिरो पीडित उद्दार समितिका अध्यक्ष भिमवहादुर कार्कीले आफ्नो गाँस काटेर मातृभुमीमा परेको पिडामा मल्हम स्वरुप सहयोग पठाएर इजरायलवासी नेपाली दाजुभाई दिदीवहिनीहरुले अपनत्व र मानवियताको सर्बोत्कृष्ट उदाहरण प्रस्तूत गरेको बताउदै सहयोगीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ म्याग्दीका जिल्ला अध्यक्ष मुक्ती रोका मगर, समाजसेवी चिन्तु गर्बुजा मगर लगायत उल्लेख्य समाजसेवी तथा पहिरो पिडितहरुको उपस्थिति रहेको थियो ।
गत वैशाख १२ र २९ गते गएको आमविनाशकारी भुकम्पका कारण जेष्ठ १० गते मध्य़रातको १:३० बजे गएको भिषण पहिरोका कारण उक्त क्षेत्रमा रहेका २६ घरहरु मध्ये १८ घर पूर्ण रुपमा क्षति हुदा करोडौको नोक्सानी भएको थियो । तत्पश्चात इजरायलमा रहेका नेपालीहरुले पिडितहरुको सहयोगकालागि रकम संकलन गर्न शुरु गरेका थिए ।
सहयोग प्रदान गर्ने दाताहरुको नामावली :
बिष्णु पुन मगर, म्याग्दी रुम – 501 शेकेल
मन कुमारि पुर्जा, निस म्याग्दी राम्चे काफल डाँडा – 501 शेकेल
तारा गर्बुजा, म्याग्दी दाना – 205 शेकेल
खिमा पुर्जा, म्याग्दी दाना – 205 शेकेल
मिना पुन, म्याग्दी चिम्खोला – 151 शेकेल
नारायण पुन, बागलुङ फबर खेत – 101 शेकेल
शोभा मगर, सिधुपाल्चोक – 100 शेकेल
पुर्णिामा पुन, म्याग्दी फलते – 151 शेकेल
खिमा पुन, म्याग्दी फलते – 151 शेकेल
नानी माया मगर, म्याग्दी दोबा – 100 शेकेल
तारा काउचा, बाग्लुङ – 151 शेकेल
तबिता पुर्जा, म्याग्दी – 100 शेकेल
बिष्णु गर्बुजा, म्याग्दी दग्नाम – 50 डलर
माया फगामी, म्याग्दी दग्नाम 50 डलर
गंगा पुर्जा, बुटवल – 200 शेकेल
देवी श्रीस, बाग्लुङ – 200 शेकेल
लाल कुमारी, बुटवल 110 शेकेल
कुमारी पुन, वुटवल – 200 शेकेल
तारा पुन, वुटवल – 200 शेकेल
दिना थापा गोरखा – 100 शेकेल
सारा थापा – 101 शेकेल
धन पुन, म्याग्दी चिम्खोला – 100 शेकेल
माया घले मगर – 155 शेकेल
माया घले गुरुङ – 151 शेकेल
जय +पुनम पुर्जा, म्याग्दी राम्चे कफल डाडा – 707 शेकेल
देवी गर्बुजा, वुटवल – 50 शेकेल
ललिता पुन, म्याग्दी दाना – 105 शेकेल
टिका शेर्पुन्जा, लेखफात 4 पर्बत – 105 शेकेल
दिलु आले मगर, निस पोखरा – 101 शेकेल
बबि कार्की, काठमाडौ – 101 शेकेल
रस्मिता काउचा मगर, वागलुङ – 151 शेकेल
शान्ता राना मगर, पन्चेटार – 105 शेकेल
भक्त पुन मगर, वागलुङ – 101 शेकेल
कि माया पुन, म्याग्दी चिम्खोला – 51 शेकेल
तारा गर्बुजा, बाँस खर्क पर्बत – 101 शेकेल
मना गर्बुजा, बाँसखर्क पर्वत – 100 शेकेल
हेमा रिजाल, विराटनगर – 101 शेकेल
देवकी राई, भोजपुर – 101 शेकेल
भिमा पुर्जा मगर, वुटवल – 150 शेकेल
देवी बुदुजा, नार्च्याङ – 105 शेकेल र
सीता पुर्जा, पाउदार – शेकेल? रहेका थिए ।