लायन्सद्वारा वृक्षारोपण

Read Time:1 Minute, 46 Second

सनु थापामगर,

बुटवल , सावन २०- लायन्स क्लब अफ बुटवल लुम्बिनी, लायन्स क्लब अफ शंकरनगर, लायन्स क्लब अफ लुम्बिनी बुद्ध तथा लायन्स क्लब अफ मणिग्रामले संयुक्त रुपमा शनिबार एक कार्यक्रमका बीच वृक्षारोपण गरेका छन् ।

एलसी मणिग्रामका अध्यक्ष यादव भट्टराईको सभापतित्व तथा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष माधव भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु डिष्ट्रिक चिफ कर्पोरेट पार्टनरशीप कमिटि निर्मल प्रसाद लाकौल, अतिथि डिष्ट्रिक चिफ डिजाष्टर रिक्यु एण्ड रिलिफ कमिटी सुनिल वझा, एरिया चिफ कोर्डिनेटर उमंग देवकोटा, रिजन चेयर पर्सन यम पुन, तिलोत्तमा पार्कका संयोजक दिपक पाठक, नवज्योति युवा क्लबका अध्यक्ष मित्रबन्धु पाठक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एलसी लुम्बिनी बुद्धका अध्यक्ष जमुना पुन, एलसी बुटवल लुम्बिनीका अध्यक्ष विज्ञान बज्राचार्य, एलसी शंकरनगरका प्रथम उपाध्यक्ष लक्ष्मण पाठक तथा वृक्षारोपण कार्यक्रममा संयोजक जीवन गौतम लगायत क्लबमा लायन्स आवद्ध सदस्यहरुले संयुक्त रुपमा तिलोत्तमा पार्कमा वृक्षारोपण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %