पश्चिम पाल्पामा बादरको बिगबिगी कृषकलाइ बादर लखेट्दा सास्ती

Read Time:1 Minute, 45 Second

देब पचभैया

पाल्पा, श्रावण २० – जंगली बादर गाउँ बस्तीमा मानीसले लगाएका  खेती बाली र फलफुल खाएर किसानहरु लाइ सास्ती दिन थालेको छ ।  पश्चिम पाल्पामा दैनीक रुपमा बादरको बिगबिगी बढेपछी बादर लखेट्दा सास्ती खेप्नु परेको स्थानीय कृषकहरुले गुनासो गरेका छन् ।

छहरा ५ का स्थानय हिमप्रसाद पोखरेलले एक्लै देखे बादरले मानिसलाइ नै आक्रमण गर्न खोज्ने हुदा गाउँका दुईचार जना भएर बारीका कान्ला खेत र जंगमै पुगेर बादर धपाउन पर्ने  दैनिकी  भएको बताए।

बादरले मकै , तरकारीबाली गोलभेडा र खेतको धान र बतीला लाग्न थालेको सुन्तला मौसम पनि सखाप पारेको पालुङमैनादी गाविसका इन्द्र कुवँरले गुनासो गरे ।

बादरले पश्चिम पाल्पाका छहरा, सोमादी,  भुवनपोखरी मुझुङ , पालुङमैनादी लगाएत डेढ र्दजन गाविसका किसानलाइ  आजित बनाएको छ । बिहान देखी साझ सम्म पालो बाडेर बादरको रेखदेख गर्नु पर्दा मेलापात,  बिधालय र घरायसी काममा प्रभाब परेको उनीहरुले बताएका छन् ।  

मान्छेको चाप बढेपछि बनजंगल फडानी भएको र जंगलमा खानेकुरा लोप हुदै गएकाले बादर घरबस्ती तिर आउन थालेको  स्थानिय  बुढापाकाहरुले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %