राज्यसत्ता अन्लाइनकी संवाददाता देवीका घर्ती मगर राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुने

Read Time:2 Minute, 27 Second

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२’ बाट पुरस्कृत हुनेको नाम घोषणा

देब पचभैया

  काठमाडौं, १९ साउन – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२’ (आइभिए अवार्ड) बाट पुरस्कृत हुनेको नाम घोषणा गरेको छ ।

फोनिजले एशियामा आदिवासी जनजाति गठबन्धन (एआईपिपि)को सहयोगमा हरेक वर्ष विश्व आदिवासी दिवसको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष छापा, रेडियो तथा टेलिभिजनका गरि ६ जना पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा छापातर्फ सन्ध्या टाइम्स दैनिकका सुरेशकिरण मानन्धर ,राज्यसत्ता अन्लाइनकी दाङ संवाददाता तथा हिमाल खबर पत्रिकाकी देविका घर्तीमगर, टेलिभिजन तर्फ एबीसी टिभीका लोकबहादुर गुरुङ लाला र सगरमाथा टिभीका रोजिना लामा तथा रेडियोबाट ईलाम एफ.एफबाट सन्तोष नेम्वाङ र रेडियो जागरण रुपन्देहीबाट कमला चौधरी पुरस्कृत भएका छन् ।

पुरस्कार छनौट समितिको मंगलबार बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो । पुरस्कारका लागि छापामा ३३, रेडियोमा २९ र टेलिभिजनमा २० जनासहित ८४ जनाको आवेदन परेकोमा प्रत्येक विधामा दुई/दुई जना पत्रकारको नाम छनौट गरेको फोनिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रत्येक विधामा ४०/४० हजारको पुरस्कार संयुक्त रुपमा प्रदान गरिनेछ । पुरस्कारका लागि छनौट भएका पत्रकारहरुलाई छनौट समिति तथा फोनिजले हार्दिक बधाई दिंदै पुरस्कार यहीं साउन २३ गते विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा वितरण गरिने जानकारी गराएको छ ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %