दलित अधिकारकर्मी माथि वामदेव गौतमको बर्वर दमन

Read Time:4 Minute, 11 Second

टंक आग्री

काठमाण्डौं , साउन १९ – सामाजिक न्याय, समानतालाई संवीधानमा सुनिश्चित    गरियोस भनेर दबाव दिनको लागि आयोजना गरेको दलितहरुको शान्तीपुर्ण जुलुस माथी आज साउन १९ गते बिहान १० बजे बिजुली बजार, नयाँ बनेश्वर चोकमा यथास्थितीवादी प्रतिगमनकारी सरकारले बर्बरतापूर्ण ढँगले हस्तक्षेप गरि लाठी प्रहार गर्दै २६ जना दलित अधिकारकर्मी ,नेताहरू लाई घाईते बनाएको छ । 

प्रहरीको दमनबाट दलित अधिकाकर्मीहरु घाईते भएका छन् । नेपाली काग्रेसका सभासद मान वहादुर विश्वकर्मा, नेकपा एमालेका सभासद जितु गौतम एकिकृत नेकपा माओवादीका सभासद दलजित श्रीपाईलीमाथी डिएस्पी तोर्ण कार्कीले प्रहरीले लक्षित गरी कुटेका थिए ।

पुर्व सभासद दलजित श्रीपाईलीको मुखमा चोट लागेको छ उनको दाँत हल्लिएको छ । त्यसैगरी दलित अधिकारकर्मी बिनोद पहाडी,गणेश विकेको टाउकोमा गम्भिर चोट लागेको छ । दलित अधिकारकर्मी दुर्गा सोव, नेतृ कमला हेम्चुरीको खुट्टा भाँचीएको छ, सहेक विश्वकर्मा, रणवहादुर रम्तेल, पुष्प वादी भद्रमान मोते, दिनेश हरिजन लगाएतका दर्जनौ अधिकारकर्मीहरुलाई सामान्य चोट लागेको छ । घाईते अधिकारकर्मीहरुलाई उपचारका अहिले मीनभवनस्थित सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भई रहेको छ ।

सुरुमा शान्तिपुर्ण चक्काजाम भन्दै सडकको विच भागमा निस्केका दलित अधिकारकर्मीहरुलाई प्रहरीले सिधै हस्तक्षेप गरी दमन सुरु गरेको थियो । नयाँ वनेश्वर विर वक्त प्रहरी कार्कीको नेतृत्वमा आएको प्रहरी फोर्सले दलित अधिकारकर्मीहरुलाई कुटपिट गरेको थियो ।

सभासद जितु गौतमले एक घण्टे चक्काजामका लागि शान्तिपुर्ण ढंगले आन्दोलन गर्दा प्रहरीले क्रुर दमन गरी कुटपिट गरेको बताए । उनले नयाँ संविधानमा सवै समुदायका अधिकार सुनिश्चित गनर्, उत्पिडित जाति जनजाति, दलित, महिला, मधेसी, अल्पसख्यक सवै समुदायले एकिकृत संघर्ष गर्न आवस्यक भएको जिकिर गरे ।

सभासद दलजित श्रीपाईलीले शान्तिपुर्ण भन्दा भन्दै प्रहरीले हस्तक्षेप गरी विथोल्ने प्रयास गरेकाले भोलीको आन्दोलनको कार्यक्रमलाई अझ व्यापक वृहत वनाउनेबताएका छन ।

त्यसैगरी संयुक्त राजनीतिक दलित संघर्ष समितीका संयोजक परशुराम रम्तेलले प्रहरी दमनको विरोध गर्दै राज्यले नै दलित अधिकारलाई कुण्ठित वनाउने दुष्प्रयास गरेको बताए ।

आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आज मंगलवार देशभर एक घण्टे चक्काजामको आयोजना गरिएको थियो । यो संयुक्त राजनीतिक दलित संघर्ष समिती, दलित सभासद समन्वय समिती, दलित नागरिक समाज र दलित अधिकार संघर्ष समितीले संयुत्त रुपमा गरेको कार्यक्रम हो ।

 

 

भोली साउन २० गते १२ वजे काठमाण्डौमा दशौ हजारको सहभागीतामा वृहत र्याली गरी जनशक्ति प्रदर्शन गरिने दलित अधिकारकर्मिले जानकारि दिएको छ ।

फोटो : पासाङ शेर्पाको फेशबुकबाट

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %