देब पचभैया
नलपरासी, १९ साउन – नवलपरासीको ३ छुट्टाछुट्दै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । २१ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक प्रेम जोशीले दिएको जानकारी अनुसार मंगलबार विहान गैडाकोट ९ थुम्सीमा भएको दुर्घटनामा परी एक जनाको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको लमही निवासी २० बर्षीय सुरेश न्यौपानेको ज्यान गएको हो ।
बसमा सवार १३ जना घाईते भएका छन । २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतेको अवस्था सुधार उन्मुख रहेको बताइएको छ । घाईते मध्ये ६ जनाको पुरानो मेडिकल कलेज र ७ जनाको नयां मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ना. ५ ख ९९०० नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको ना. ५ ६१,३५ नम्बरको बस एक आपसमा ठक्कर खाई सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईते भएका ६ जनाको पुरानो मेकिल कलेज र ७ जनाको नया मेडिकल कलेजमा उपचार भैरहको प्रहरी निरीक्षक जोशीले बताए । त्यसैगरी सोमबार राति पौने १२ बजेतिरको समयमा भारतीय नम्बर प्लेटको ट्रक ब्रेक फेल भई पल्टिदा एक जनाको ज्यान गएको छ, एक जना घाईते भएका छन ।
जिल्ल प्रहरी कार्यालय नवलपरासीका प्रहरीका अनुासर दुक्कीवास ५ मा एच आर ४५ ए ९९९७ नम्बरको पल्टिदा ट्रक चाकलको घटना स्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेशको मेरठ मावानग्राम पंचायत बस्ने ५० वर्षको मोहमद आईसान रहेका छन्, यस्तै घाईते हुनेमा सहचालक ३० वर्षका मोहमद माजित रहेको प्रहरीले जनाएको छ । घाईतेको स्थानीय मडिकलमा उपचार भैरहेको छ ।
यसअघि सोमबार राति पुर्व पश्चिम राजमार्ग अन्र्तगत दुम्किबास १ मा माईक्रो बस पल्टदा सात जना घाईते भएका छन ।
दुम्किबास प्रहरी चौकीका भक्त बहादुर जिसीका अनुसार काठमाण्डौबाट बुटवलको लागि छुटेको लु १ ज २४ ४२ नम्मबरको माईक्रो बसको अगाडिको टायर पन्चर भई अनियन्त्रित भई पल्टदा ७ जना घाईते भएका हुन । घाईते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
