गोविन्द घर्ती
देवदह, साउन १७ – बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदहको आयोजनामा २ दिने जडिबुटी पहिचान तथा उपयोग सम्वन्धी तालिम शुरु भएको छ ।
तालिममा स्थानीय स्तरमा रहेको जडीबुटीको प्रयोग विधिको वारेमा तालिम केन्द्रित रहने समुहले जनाएको छ । तालिमको उद्घाटन गर्दै सेक्टर वन कार्यालय शितलनगरका सहायक वन अधिकृत सतेन्द्र नारायण सिंहले वनमा रहेका विभिन्न जडीबुटीलाई उपयोग गर्न सक्ने हो भने विभिन्न रोगहरुको उपचार गर्न सकिनेमा जोड दिए ।
उनले स्थानीय स्तरमा रहेका जडीबुटीको संरक्षण र सम्वद्र्धन गर्नु पर्नेमा जोड दिए । तालिमको सहजीकरण गर्दै शितलनगर सेक्टनर वन कार्यालयका फरेष्टर ऋषिराम कडेलले नेपालमा पाईने महत्वपूर्ण जडीबुटी चिन्न सक्ने हो भने घरमै बसेर आयुर्वेदिक उपचार गर्न सकिने बताए । सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना मगरको अध्यक्षता उपाध्यक्ष थमनसिह गुरुङ्गको स्वागत र सचिव शान्ति रोकाहको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
