पोखरा, १७ साउन – नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक समेत रहेका नेकपा–माओवादी कास्कीका जिल्ला सदस्य मिनबहादुर भुजेलको ५३ वर्षको उमेरमा गए राती निधन भएको छ । स्व. भुजेलका एक श्रीमती एक छोरा र दुई छोरी छन् ।
लामो समयदेखि मुटु रोगबाट पीडित भुजेललाई नेपाल प्रहरीले सलामी सहित अन्तिम श्रद्धाञ्जली समेत दिएको थियो । नेकपा–माओवादी कास्कीका जिल्ला सेक्रेटरी अर्जुन छन्त्यालले भुजेलको शवमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
भुजेलको अन्तिम श्रद्धाञ्जलीका लागि जिल्ला सह–सेक्रेटरी सूर्य खड्का आलोक, कास्की क्षेत्र नं. ३ का इञ्चार्ज राजकुमार सुवेदी राजनलगायतका नेताहरू बौद्ध अर्घौं सदन, रामघाट पुगेका थिए ।
