माटेपानी मगरको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Read Time:2 Minute, 16 Second

पोखरा, १६ साउन । नेपाल मगर सङ्घ माटेपानी एकाइ समिति, पोखराको १७ औं बाल प्रोत्साहन तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

एकाइको वार्षिक कार्यक्रम अनुसार शनिबार आयोजित कार्यक्रममा २०७१ सालको प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने एरिका श्रीसमगर, सुरज मगर, महेन्द्र थापामगर, विपना मास्की रानामगर र सुजा रानामगर, कक्षा १ का सञ्जिता श्रीसमगर, कक्षा ३ का युजिना थापामगर र आदित्य आलेमगर, कक्षा ४ का यनिश थापामगरलाई बाल प्रोत्साहनस्वरुप मायाको चिनोसहित विशेष सम्मान गरिएको थियो ।

सो अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा एरिका श्रीसमगर प्रथम र सुजा रानामगर द्वितीय भएका थिए ।

युवा उद्यमी रवि अटोमोबाइल्सका सञ्चालक मनिष थापामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रतियोगिताका कार्यक्रम संयोजक इ. बमबहादुर श्रीसमगर, नेपाल मगर सङ्घ कास्कीका प्रचार–प्रसार तथा जनसम्पर्क विभाग प्रमुख डिलबहादुर श्रीसमगर, निवर्तमान जिल्ला कोषाध्यक्ष भीमबहादुर मास्की रानामगर, मगर आमसञ्चारकर्मी समाज कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर महिला सङ्घ माटेपानी एकाइ समितिका अध्यक्ष देऊरुपा श्रीसमगरलगायतले बोलेका थिए ।

अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जीतबहादुर अस्लामीमगरले गरेका थिए भने नेपाल मगर महिला सङ्घ माटेपानी एकाइ उपाध्यक्ष दुर्गा रानामगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %