भुटानी अमेरिकन मगरहरूको प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न

Read Time:2 Minute, 45 Second

हुमबहादुर थापा पचभैया मगर

ऐट्लान्टा – जर्जिया,३१ जुलाइ – भुटानी अमेरिकन  मगरहरूको प्रथम एतिहासिक महाधिवेशन ऐट्लान्टाको  जर्जियामा सम्पन्न भएको छ ।

भुटान  मगर समाजका संस्थापक  तथा भुटानी मगरहरूको बाबाले परिचीत सिके पुलामी  मगरको प्रमुख आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको थियो । पुलामी मगर भुटानमा हुँदा सरकारी बिधालयका प्राध्यापक थिए ।

सो सम्मेलनमा अमेरिकामा पुनर्वास  भएका करिब ४०० जना भन्दा बेसी भुटानी मगरहरूको साथमा सबै भन्दा बृद्ध ८६ बर्षिय  नरबहादुर ल्हायो मगर र ८० बर्षिय चन्द्रबहादुर ल्हायो  मगरको  उपस्थिती रहेको थियो ।   मगर भेषभुषामा सजिएर आएका  भुटानी मगरहरु एक अर्कामा खुशी बाड्न व्यस्त देखिन्थे । 

(८० बर्षिय चन्द्रबहादुर ल्हायो मगर बाँया र ८६ बर्षिय नरबहादुर ल्हायो मगर दाँया)

प्रथम महाधिवेशनले बिभिन्न प्रस्ताव पास गर्दै अध्यक्षमा तलमान पिठाकोटे मगरलाइ निर्बाचित गरेको छ । शरमान समाल मगर उपाध्यक्ष र बादल समाल मगरलाइ सचिबमा बन्द मतदान द्धवारा निर्बाचित गरेको छ भने बाँकी पदाधिकारी र केन्द्रिय सदस्यहरूलाइ राज्यको आधारमा चयन गरिएको सचिब बादल समाल मगरले राज्यसत्तालाइ बताए ।

जुलाइको २५ र २६ दुइ दिन सम्म चलेको सम्मेलनले पहिलो दिनमा बिभिन्न राज्यहरूबाट उपस्थित भएका मगरहरूले हुर्रा नाँच लगायतका मगर सांस्कृतिक कार्यक्रमका झाँकिहरू प्रस्तुत गरेका थिए । उनिहरूको तथ्यङ्क अनुसार अमेरिकाको ४१ राज्यमा बाक्लो रूपमा भुटानी  मगरहरू बसेका छन भने अन्य राज्यहरूमा पनि छरिएर बसेकोले निकट भविस्यमा  सबैलाइ समेट्ने समितिले जनाएको छ ।

बाँकी समाचार पढ्नलाई तल दिइएका लिन्क क्लिक गर्नु होस् । 

http://www.bhutannewsservice.com/main-news/magar-culture-convention-convened-in-georgia/

जर्जियामा भुटानी मगरहरूको प्रथम महाधिवेशन:फोटो समाचार

जर्जियाको पहिलो महाधिवेशनले मगर समाजको छाता संगठन पनि तय गर्ने छ : पुवाँर मगर

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %