रूद्र श्रीसमगर
पोखरा, १५ साउन – पोखरा–६, लेकसाइडस्थित सप्तकोशी संगीत स्कुलमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पर्यटन व्यवसायी भूपेन्द्र लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्कुलका प्रशिक्षार्थी कलाकारहरूले स्कुलका सञ्चालक एवं संगीत प्रशिक्षक विक्रम राईसँग गुरु आशीष ग्रहण गरेका थिए । साथै, सो अवसरमा संगीत प्रशिक्षार्थीहरूले सांगीतिक प्रस्तुती समेत राखेका थिए ।
कार्यक्रममा सन्दीप राई, अस्मिर राई, विमान राई, आशिक राई, असिम राई, अदिक्षा राई, रामबहादुर खवास, पाण्डव गुरुङ, सरला बान्तवा राई, नगेन्द्र राईलगायतका प्रशिक्षार्थी कलाकारहरूले सांगीतिक प्रस्तुती राखेका थिए ।
स्कुलका सञ्चालक एवं संगीत प्रशिक्षक विक्रम राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गीतकार मीगीनले गरेका थिए ।
