पहिरोले पुर्याएको धनजनको क्षतिप्रति दुःख व्यक्त

Read Time:1 Minute, 14 Second

रूद्र श्रीसमगर

पोखरा, १५ साउन  – बुधबार राती गएको भीषण पहिरोले कास्कीको लुम्ले, भदौरे तामागी, धिताल, हेम्जालगायतका क्षेत्रमा पुर्याएको ठूलो धनजनको क्षतिप्रति नेकपा (एकीकृत) कास्कीले दुःख व्यक्त गरेको छ ।

एकीकृतको शुक्रबार बसेको जिल्ला कमिटी बैठकले सो प्राकृतिक प्रकोपबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको जिल्ला सेक्रेटरी भीमबहादुर श्रीसले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीसद्वारा जारी विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै, घाइतेहरूको यथोचित निःशुल्क उपचारको व्यवस्था गर्न र बेपत्ताहरूको तत्काल खोजी तथा उद्दार गर्न माग गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %