पहिरोपीडितलाई उचित क्षतिपूर्ति दिन माग

Read Time:2 Minute, 36 Second

रूद्र श्रीसमगर

पोखरा, १४ साउन – नेकपा–माओवादी कास्कीले बुधबार रातिको अविरल वर्षाका कारण पहिरोले ठूलो धनजनको क्षति गराएको पहिरोस्थल लुम्ले, भदौरे तामागी र ढिकुरपोखरीको स्थलगत अवलोकन गरेको छ ।

बिहीबार बिहान घटनास्थल पुगेको माओवादी टोली प्रारम्भिक उद्दार कार्यमा जुटेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्दार टोली पुगेपछि माओवादी टोली पोखरा फर्किएको थियो ।

जिल्ला सेक्रेटरी अर्जुन छन्त्यालको नेतृत्वमा गएको १६ जनाको माओवादी टोलीमा कास्की क्षेत्र नं. २ का इञ्चार्ज शिव खनाल महादेव, क्षेत्र नं. ३ का राजकुमार सुवेदी राजन, क्रान्तिकारी युवा लिग कास्कीका अध्यक्ष नवीन गुरुङ, तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) कास्कीका अध्यक्ष सन्देश गुरुङ, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घ कास्कीका अध्यक्ष दिलीप सुनार, अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी मजदुर सङ्घ कास्कीका अध्यक्ष मंगल लिम्बू, मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष मुम्ताज अलि मियाँ, एंगेल्स कार्की, विकास थापालगायत सहभागी थिए ।

यसैबीच, नेकपा–माओवादी कास्कीले बिहीबार साँझ एक प्रेस विज्ञप्ति प्रकाशित गरी बुधबार रातीको अविरल वर्षाका कारण कास्कीको लुम्ले, भदौरे तामागी, ढिकुरपोखरी र पामेमा गएको पहिरोमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

जिल्ला सेक्रेटरी अर्जुन छन्त्यालले जारी गरेको विज्ञप्तिमा घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उचित क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारसँग माग समेत गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %