तराना म्यूजिक सेन्टरमा गुरु पूर्णिमा विशेष कार्यक्रम

Read Time:1 Minute, 19 Second

रूद्र श्रीसमगर

पोखरा, १५ साउन – पोखरा–४, पन्थीगल्लीस्थित तराना म्यूजिक सेन्टरमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा तराना म्यूजिक सेन्टरका सञ्चालक एवं संगीत प्रशिक्षक श्रीमान थुलुङसँग संगीत प्रशिक्षार्थीहरूले आफ्नो संगीत गुरुलाई सम्मान गर्नुका साथै गुरु आशीष ग्रहण गरेका थिए ।

साथै, सो अवसरमा संगीत प्रशिक्षार्थीहरूले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उमेश राई, सुष्मा शेरचन, शान्ति राई, काजी राई, प्रकाश गौतम, बत्ती थापा, सम बसेल, माया गुरुङ, सजना संघर्षी, प्रमिला तामाङ, किरण बुढा, गणेश तामाङ, रोहनजंग कार्की, निशा गुरुङ, सूर्य गुरुङ, स्मृति राई, सविन नेपाली, अञ्जना केसीलगायतका संगीत प्रशिक्षार्थीहरूले सांगीतिक प्रस्तुती राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %