रूद्र श्रीसमगर
पोखरा, १४ साउन – कास्कीको लुम्ले, भदौरे तामागी, ढिकुरपोखरीमा गएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ ।
बुधबार राती परेको अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्ले गाविसको काँडेमा १९ जना, भदौरे तामागी गाविसको डुडे फाँटमा पाँच जना र ढिकुरपोखरी गासिको ठुलाचौरमा दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा परि १८ जना घाइते भएका छन् भने २० जना भन्दा बढि वेपत्ता छन् । पहरीकाका कारण भदौरेमा १० घर पूर्ण क्षति भएको छ भने ५ वटा पुल बगाएको छ । लुम्ले ४ र ६ वडामा गएराती गएको पहिरोले २० हजार लिटरको पानी ट्याड्ढी बगाउँदा बढि क्षती भएको स्थानीयले बताए । घटनास्थलमा डोजर प्रयोग गरी सेना र प्रहरी उद्धार कार्यमा जुटेका छन् । लुम्लेमा घाइते भएका ३ जनाको पोखरामा उपचार भैरहेको छ । सो स्थानमा १५ भन्दा बढी घर पुरिएको प्रहरीले जनाएको छ ।
भदौरेमा हर्पनखोला बढेर सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरो आएको स्थानीय उपेन्द्र पराजुलीले बताउनुभयो । सुरक्षित ठाउँमा जाँदा करिब २ किलोमिटर माथिबाट आएको पहिरोले घर र मानिसहरूलाई बगाएको पराजुलीले बताउनुभयो । पहिरोले नौबिसे, उपल्लाखेत लगायतका क्षेत्रमा समेत केही घरमा क्षति पु¥याएको छ । उद्दारमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले गरेका थिए । जति सक्दो छिटो उद्दारमा लागेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले बताए ।
बुधबार राती परेको अविरल बर्षासँगै पोखरा–बागलुङ भूपि शेरचन राजमार्गको बिभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग रातीदेखि नै भएको छ । गएरातीदेखि यो राजमार्ग भएर चल्ने यातायात बीच बाटोमै रोकिएका छन् ।
