अखिल जनजातिको सांस्कृतिक कार्यक्रम हुने

Read Time:1 Minute, 44 Second

 

पोखरा, १४ साउन – नेकपा (एकीकृत)निकट अखिल नेपाल आदिवासी जनजाति महासङ्घ (एकीकृत) केन्द्रीय समिति तथा आदिवासी जनजाति सांस्कृतिक परिवारको आयोजनामा यही साउन ३० गते आदिवासी जनजाति सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

आदिवासी जनजातिहरूलाई अधिकारमुखी आन्दोलनमा सहभागी गराउन सञ्चालित सांस्कृतिक अभियान अन्तर्गत पोखरामा सांस्कृतिक कार्यक्रम गरिन लागेको महासङ्घका केन्द्रीय उपाध्यक्ष भीमबहादुर श्रीसमगरले जानकारी दिए ।

महासङ्घको केन्द्रीय कार्यक्रम अनुसार आदिवासी जनजाति सांस्कृतिक कार्यक्रम यही साउन २८ गते बुटवल, ३० गते पोखरा, ३२ गते बागलुङ र आगामी भदौ ४ गते काठमाडौंमा हुने श्रीसमगरले जानकारी दिए ।

उक्त सांस्कृतिक कार्यक्रममा प्रगतिशील तथा जनवादी गीतसंगीत र नृत्य प्रस्तुत हुनेछ । पोखरा सभागृहमा हुने कार्यक्रमका लागि एक सय, दुई सय, पाँच सय, एक हजार, दुई हजार र पाँच हजार रुपैयाँका टिकट राखिएका छन् । सांस्कृतिक कार्यक्रम सकिएलगत्तै प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको विरोधमा विरोधसभाको आयोजना गरिएको समेत श्रीसमगरले जानकारी दिनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %