सोनु थापा मगर
बुटवल , साउन १३ – राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशब सुर्यबंशीले जनता , समय र सत्ता परिवर्तन भएपनि चरित्र अलिकती फरक देखाएजस्तो गर्ने उही पुरानो अनुहारका पुरातन सोँच भएका पात्रहरु संविधान सभामा हावी भएकाले संविधान जनताले चाहेको जस्तो परिवर्तनकामी संविधान नआउने बताए ।
उनले भने – “ संविवधान आउँदैछ तर जनतालाई पुर्ण अधिकार दिने खालको छैन ,संघीयता र धर्मनिरपेक्षता जस्ता विषयमा जनतालाई प्रस्ट नपारेर छ्यासमिसे खालको संविधान आउँदैछ । यसले द्वन्द्व बढाउने काम गर्दैछ , जनताको उन्नतीको त कुरै छोडौं ।

” राजमुपाको महिला संगठन राष्ट्रिय महिला मोर्चाको केन्द्रिय बिस्तारित भेलालाई आज बुधबार बुटवलमा सम्बोधन गर्नेक्रममा उक्त कुरा बताएको हो ।
भेलामा पार्टी उपमहासचिव तारा वलाल, पार्टी स्थायी समिति सदस्य तथा महिला ईन्चार्ज बुद्धश्री लामा , लुम्बिनी राज्य परिषद् ईन्चार्ज अशोक पुन , संघीय परिषद् सदस्य एवं भुमिहिन सुकुम्बासी ईन्चार्ज हरीदेव थापा मगर , लुम्विनी राज्य परिषद्का उपाध्यक्ष तथा महिला
मोर्चा ईन्चार्ज धनी आले , राष्ट्रिय युवा मोर्चाका केन्द्रिय कोषाध्यक्ष शंकर गाहा , राजमुपा जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग , राष्ट्रिय युवा मोर्चा लुम्बिनी राज्य समिति अध्यक्ष डी वि थापा , राष्ट्रिय महिला मोर्चा जिल्ला समितिका अध्यक्ष बिमला गुरुङ्ग लगायतले बोलेका थिए ।
संघीय परिषद् सदस्य तथा भेला आयोजक समितिका सह–संयोजक होमाया गुरुङ्गको अध्यक्षता तथा महिला मोर्चाका केन्द्रिय महा–सचिव चन्दा थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
फोटो: मान थापा मगर
