पोखरा, ११ साउन – नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समितिले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत क्याम्पसमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै निमित्त क्याम्पस प्रमुख दीपकचन्द्र वाग्लेले मगर विद्यार्थीले रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गरे ।
आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिन सुझाव दिँदै निमित्त प्रमुख वाग्लेले सरसफाइ मानवीय स्वास्थ्यसँग पनि अभिन्न रूपमा जोडिएको उल्लेख गरे । मगर विद्यार्थीहरूले गरेको कार्य प्रशंसनीय र अनुकरणीय रहेको भन्दै वाग्लेले अरूले पनि यस्ता रचनात्मक क्रियाकलापबाट पाठ सिक्नुपर्ने बताए ।
नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष निशा घर्तीमगरले सङ्घले आफ्नो वार्षिक कार्यक्रम अनुसार सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै क्याम्पसलाई स्वच्छ र सफा राख्नु सबैको कर्तव्य भएको बताए।
सरसफाइ कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभाग प्रमुख विनु मसरा·ीमगर, केन्द्रीय सदस्य एवं तमुवान राज्य इञ्चार्ज समर थापामगर, निवर्तमान केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज गोविन्द पुनमगर, जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, सह–सचिव दिनेश रोकामगर, मगर आमसञ्चारकर्मी समाज कास्कीका सचिव रूद्रबहादुर श्रीसमगर, कोषाध्यक्ष टीका थापामगरलगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष निशा घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुशान्त गाहामगरले गर्नुभएको थियो भने उपाध्यक्ष ध्रुव रानामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
