मगर भाषा कविता प्रतियोगिता गरिने

Read Time:1 Minute, 23 Second

रूद्र श्रीसमगर

पोखरा, १० साउन – विश्व आदिवासी दिवस अगष्ट ९ को सन्दर्भ पारी मगर भाषा प्रतिष्ठान, कास्की शाखाको आयोजनामा यही साउन २९ गते खुल्ला मगर भाषा कविता प्रतियोगिता–२०७२ हुने भएको छ ।

मगर भाषा तथा साहित्यको उत्थान गर्ने उद्देश्यले विश्व आदिवासी दिवसको सन्दर्भ पारेर मगर भाषा कविता प्रतियोगिता आयोजना गरिएको अध्यक्ष फूलकुमारी थापामगरले जानकारी दिए ।

मगर भाषाको कविता प्रतियोगितामा भाग लिन चाहने कवि एवं कवयित्रीहरूले आफ्नो नाम दर्ता गराउन पनि अध्यक्ष थापामगरले अनुरोध गरेका छन । प्रतिष्ठानको आइतबार सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार ७ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीय पुरस्कार ५ हजार रुपैयाँ र प्रमाणपत्र, तृतीय पुरस्कार ३ हजार रुपैयाँ एवं सान्त्वना दुई जनालाई क्रमशः १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %