कमल चौधरी
बुटवल , श्रावण ८ – संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी मस्यौदा कदपि स्वीकार्य नहुने जिकिर गरेका छन् ।
संघीय समाजबादी फोरम नेपाल रुपन्देही क्षेत्र नं. ४ बुटवको अयोजनमा बुधबार बुटवलमा भएको संविधान मस्यौदा असहमति प्रति विशेष पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् ।
उनले शताब्दियौदेखि उत्पीडिनमा परेका जातीय, वर्गीय एवं लैङ्गिक तथा क्षेत्रीय विभेदमा रहेका समुदायहरुको पक्षमा यो संविधान नरहेको भन्दै अफूहरुले मस्यौदाको विरुद्धमा संषर्ष गरेको बताए । मस्यौदा पुर्नर लेखन हुनुपर्ने भन्दै यादावले दश बर्षे युद्धबाट फर्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उत्पीडित समुदायको मुद्दालाई छोडेर सत्ता र कुर्चीको पछि चलखेल गरेको अरोप लगाए ।
त्यस्तै उनले अब बन्ने संविधनमा समानुपातिक समावेशी तथा पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान मुलुकमा आउनुपर्नेमा जोड दिए ।
साथै अध्यक्ष यादवले वहिष्करणमा पारिएका यहाँका आदिवासी जनजाति, मधेशी ,महिला, दलित, मुश्लिम, थारु, सीमान्तकृत समुदायको अग्रअधिकारको लागि अफूहरु कहिल्यै पछि नपर्ने जिकिर गरे । उनले संविधानको प्रारम्भिक मस्यौदामा पिछडीएका वर्गहरुको हकअधिकारलार्ई कटौती गरेको भन्दै नाम मात्रको संघीयता अफूहरुले कुनै हलतमा स्वीकार्य नहुने ठोकुवा गरे । मुलुकमा समावेशी र लोककतन्त्रलाई कुण्ठित गर्नेकाम भैरहेको भन्दै संघीयता, पहिचान र धर्मनिरपेक्षतालाई टुहउने षडयन्त्रको नौतङ्गी गर्ने दलहरुलाई अब उनीहरुको नौतङ्गीको खेल समप्त भैसकेको बताए ।
उनले विभेदकारी संविधान मस्यौदाको विरोध रहेको भन्दै अब अपूर्णता र मुलुकलाई पछि धकल्ने खालको संविधान मस्यौदाको कुनै अर्थ नरहेको बताए ।
