जनजातिका सुझाव हुबहु कार्यान्वयन गर:जनजाति महासंघ

Read Time:1 Minute, 30 Second

देब पचभैया

काठमाडौं, ७ साउन – नयाँ संविधानको मस्यौदामा नेपाल आदिवासी जनजाति महासंघले देशभरबाट दिएको सुझावलाई हुबहू कार्यान्वयन गर्न माग गरेका छन् ।

महासंघले विहिबार राजधानीको नयाँबानेश्वरमा बृहत धर्नाको आयोजना गरी आदिवासी जनजातिको मुद्दालाई नयाँ संविधानको मस्यौदाले नसमेटे थप आन्दोलन गर्न आफुहरु बाध्य हुने सभासद् तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए ।

‘लामो समयदेखि हाम्रो माग नयाँ संविधानमा राज्यको हरेक अंगमा आदिवासी जनजातिको पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता लगायतका मुद्दाहरु हामीले उठाउँदै आएका छौं ।’ उनले भने । बृहत धर्नामा सभासद् तथा महासंघका महासचिव पेम्बा भोटे, सभासद् पर्शुराम तामाङ लगायतले आदिवासी जनजातिले दिएको सुझावलाई हुबहू संविधानमा उतार्नुपर्ने मागसहित आफुहरु निरन्तर प्रयासरत रहेको बताए ।

धर्नामा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %