इजरायली सैनिकलाइ नेपालीबाट सम्मान

Read Time:10 Minute, 58 Second

सेनाले तयार पारेको मार्मिक वृतचित्र पर्दशन,लोकगायिका देवी घर्तीमगर र रामजी खाँड बिच दोहरीमा घम्साघम्सी ।

माया घले मगर

  तेलअभिव – इजरायल,२५ जुलाइ – १८ जुलाइका दिन सोसाईटी अफ हेल्पिङ हट्स इन इजरायलको आयोजनामा इजरायली शुरक्षा फौजका जवानहरूलाइ एक कार्यक्रम गरि ऐतिहासिक रूपमा सम्मान गरियो ।

इजरायलमा रहेका अन्य १२ वटा सामाजिक संघसंस्थाहरूले आयोजक संसथालाइ साथ दिएका थिए ।

भुकम्प पिडित सांगितिक साँझ २०१५ तथा इजरायली शुरक्षा फौजका जवानहरूलाइ धन्यवाद तथा सम्मानको कार्यक्रम ऐतिहासिक तथा भव्य रूपमा सम्पन्न भएको हो ।

गत शनिवार तेलअभिव हाहागना स्थित वेतवारवार हलमा भएको सम्मान कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाई प्रमुख अतिथि थिए।

विशेष अतिथिहरूमा सिता प्रसाई, इजरायली उद्दार टोलीका प्रमुख COL. Mr. Youram Laredo, काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल साथमा उहाकी धर्म पत्नी लक्ष्मी दाहाल, यूएनका डा. ध्रुव कोईराला, जेरूसलेम हादसा एन्करेनमा कार्यरत डा. श्री कृष्ण काशिछ्वा थिए ।

अन्य अतिथिहरूमा उद्दारको लागि नेपालको मिसनमा खटिएका अन्य इजरायली I. D. F हरू , इजरायली समाजसेवी मिमी साम्यूल साथमा उहाँको पती, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर,विपतको घडीमा नेपाललाई सहयोग गर्ने इजरायली नागरिकहरू, चर्चित इजरायली डान्सर ताल, नेपालवाट आएका राष्ट्रिय कलाकारहरू देवी घर्तीमगर, रामजी खाँड र प्रताप लामा लगायतका ब्याक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा राजदुत महामिहम प्रल्हाद कुमार प्रसाईद्वारा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको शुरूवातमा नेपाल र इजरायलको राष्ट्रिय गानद्वारा गीत गायर नेपाल र इजरायलको सम्मान गरिएको थियो ।

त्यसैगरी गत वैशाख १२ र २९ गते नेपालमा गएको आम विनासकारी भुकम्पमा परि ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रमका संयोजक तथा सोसाईटी अफ हेल्पिङ हट्सका केन्द्रिय अध्यक्ष कृष्ण ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । मन्तव्य दिदै उनले भने देशमा परिआएको महाविपतको समयमा इजरायल देखी नेपालसम्म गएर उद्दार, उपचार तथा अन्य विविध सहयोगी कार्यहरूमा संलग्न उद्दार टोली प्रमुख कर्नेल Mr.Youram Laredo लगायत सम्पुर्ण .I.D.F टिम, इजरायल सरकार, सहयोगी इजरायली नागरिकहरू सम्पुर्णलाई इजरायलमा कार्यरत नेपालीहरूको तर्फवाट अन्तरमनदेखी सम्मान गर्न पाउदा आफु अत्यन्तै गौरवान्वित महशुस गरेको वताउदै उपस्थित सम्पुर्णलाई आयोजक तथा सहआयोजकहरूको तर्फवाट स्वागत गरेका थिए ।

कार्यक्रममा नेपालको उद्दारमा खटिएका मिसन प्रमुखलाई इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईले नेपाली ढाकाटोपी पहिर्याएर सम्पुर्ण इजरायलवासी नेपालीहरूको तर्फवाट ताम्रापत्रमा लेखिएको सम्मानपत्रद्वारा सम्मान गरेका थिए । अन्य उपस्थित शुरक्षा फौजिहरू लगायत विभिन्न क्षेत्रमा सहयोग गरेका इजरायली नागरिकहरूलाई कार्यक्रम संयोजक कृष्ण ज्ञवाली र आयोजक तथा सहआयोजक संस्थाका दिदिवहिनीहरू द्वारा पुरूषहरूलाई नेपाली ढाका टोपी र महिलाहरूलाई सल (पछ्यौरी) साथमा फूलगुच्छाद्वारा सम्मान गरेका थिए ।

मन्तब्यकोकरममा प्रमुख अतिथि प्रसाईले विपतको घडिमा नेपाल र नेपालीहरूलाई इजरायलले लगाएको गुण इतिहासमा रहिरहने वताउदै इजरायल सरकार तथा I.D.F टिम र इजरायली जनताहरूलाई नेपाली राजदुतावास इजरायल तथा आम नेपालीको तर्फवाट धन्यवाद ज्ञापन गर्दै हार्दिक आभार प्रकट गरेका थिए ।

त्यसैगरी मन्तव्यको क्रममा नेपालमा उद्दारको लागि खटिएका Israel Defense Forces मिसनकाप्रमुखले मन्तव्य राख्दै नेपालमा गएको आम विनासकारी भुकम्पको समयमा इजरायलवाट गएको मिसनद्वारा संचालन गरिएका कार्यहरूको विषयमा बोलेका थिए । उनले संकटको समयमा नेपाल र नेपालीलाइ सहयोग गर्नु इजरायलको मानविय धर्म भएको र सो धर्म निभाउन पाउदा सिंगो इजरायल र इजरायली सेनाले गौरव महशुस गरेको बताए । उनले नेपाल र नेपालीसंगको प्रगाढ सम्वन्ध सधै गाँढा रहिरहनेमा आफु विश्वस्त रहेको समेत बताए ।

कार्यक्रममा इजरायली I.D.F टिमद्वारा भुकम्प पश्चात नेपालको मिसनमा खटिएको समयमा तयार पारिएको मार्मिक वृतचित्र प्रोजेक्टरद्वारा देखाईएको थियो । सो वृतचित्रमा भुकम्पले विक्षिप्त वनाएको नेपालको अवस्था तथा इजरायली टोलीले उद्दार तथा उपचारमा खटेर गरेका जटिल कार्यहरूको विषयमा प्रस्तुत गरिएको थियो ।

औपचारिक कार्यक्रम अन्तर्गत सोसाईटी अफ हेल्पिङ हट्सकी हजुरी शाह कडेल र रेशम क्षेत्रीले नेपाली राष्ट्रभावले ओतप्रोत भएको गित तथा चर्चित इजरायली डान्सर ताल (वेली डान्स ) र सविना खड्काले दमदार नृत्य प्रस्तुत गरेका थिए ।

पहिलो चरणको औपचारिक सम्मान कार्यक्रमको संचालन प्रमोद लम्साल र दोश्रो चरणको सांगितिक तथा अनौपचारिक कार्यक्रम नारीका लागि नारीकी नितु खतिवडाले गरेकी थिइन।

शुक्रवार तथा शनिवारको I.d F सम्मान कार्यक्रमलाई सफल वनाउन सहयोग गर्ने प्रायोजकहरूमा यादवेयाद Care and Welfare service LTD ले समाजसेवी दिपक ओलीको पहलमा फ्लायर तथा पहिलो दिनको हल भाडा, टिकट, म्यूजिक सिष्टम, टोपी, पस्मिना र व्याज खर्च एडभान्स मनी ट्रान्सफर, शनिवार अतिथीहरूलाई नास्ता तथा दुवै दिनको जुस पानी खर्च सोसाईटी अफ हेल्पिङ हट्स इजरायल च्याप्टरकी सदस्य सुजता गौतम, कलाकारहरूलाई इजरायल प्रवेश गरेपश्चात यातायात खर्च सोसाईटी अफ हेल्पिङ हड्ट इऩ इजरायल च्याप्टरकी सुसिला वस्नेत, नेपालवाट आएका कलाकारहरूलाई भोजन तथा वस्ने व्यावस्था सोसाईटी अफ हेल्पिङ हट्सकी केन्द्रिय सदस्य इन्दिरा कार्की, खादा र ताम्रपत्र छपाई खर्च छिरिङ शेर्पा, लगायतका सहयोगी मनहरूले सहयोग गरेका थिए ।

दोश्रो चरणको सांगितिक कार्यक्रम अन्तर्गत नेपालवाट आएका ख्यातीप्राप्त कलाकारहरू लोकगायिका देवी घर्तीमगर, लोकगायक रामजी खाँड र नेपाली तारा सिजन थ्रीका विजेता प्रताप लामा लगायत इजरायलमा रहेका स्थानिय कलाकारहरूमा नृत्यकार गेल्मु शेर्पा, मोनिका शर्मा र अनिता आचार्य तथा गायक गणेश गौतम र रेशम क्षेत्रीले धमाकेदार प्रस्तुती दिएका थिए ।

लोकदोहोरी घम्साघम्सीमा उपस्थितहरू दिल खोलेर नाचेको देखिन्थे भने कार्यक्रमको अन्त्यमा डिजे विपिन तामाङले डिस्को नचाएका थिए ।

नेपाली राजदुतावास इजरायलको विशेष सहयोगमा प्रमुख आयोजक सोसाइटी अफ हेल्पिङ हर्ट्स इन इजरायल तथा नारीका लागि नारी परोपकारी अक्षयकोष, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल, प्रवासी नेपाली नागरिक समाज इजरायल,अन्तरास्ट्रिय कलाकार मंच इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल,मुक्तक प्रतिष्ठान इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल , चितवन समाज इजरायल, नेपाल मगर समाज इजरायल,श्री कृष्ण प्रणामी गैर आवासिय युवा परिसद् , र विश्व नेपाली साहित्य महासंघ इजरायल, किरात राई यायोख्या को सह-आयोजनामा संयुक्तरुपमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालबाट देवी घर्ति मगर,राम जी खाड,नेपाली तारा तेस्रो शेसनका विजेता प्रताप लामाको सांगितिक र स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिकाविच उल्लेख्य नेपालीहरुको उपस्थितिमा नितान्त मनोरञ्जनात्मक कार्यक्रम गरि सम्पन्न भएको थियो ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %