शिक्षा कार्यालयको बार्षिक समिक्षामा गुनासै गुनासो

Read Time:6 Minute, 22 Second

देब पचभैया
 
पाल्पा, श्रावण ७ – जिल्ला शिक्षा कार्यालय पाल्पाले आयोजना गरेको बार्षिक कार्यक्रम प्रगती समिक्षा बैठकका सहभागीहरुले गुनासै गुनासो गरेका छन् ।

  एकै बर्षमा पाल्पाको सरकारी शिक्षाको लागी एक अरब दश करोड बढी खर्च गरिए पनि त्यसको उपलब्धी नदेखिएको सहभागीहरुको आरोप छ । बर्षौ देखि जिल्ला शिक्षा समिति गठन हुन नसकेकोमा पाल्पाका राजनैतिक दलका प्रमुखहरुले समितिलाई तत्काल गठन गर्न आग्रह गरेका छन् ।

थाम्नै नसक्ने गरी आपत परेमात्रै शिक्षा कार्यालयले सम्झिएको भन्दै जिल्लाका नेताहरुले समग्र जिल्लाको शिक्षाको अवस्था सुधारको लागी दलहरुको पनि साथ लिन आग्रह गरेका छन् ।

साना तहका कक्षाकोठाको पढाईमा ध्यान नदिई खाली एस,एलसि परिक्षाको परिणाममा मात्रै केन्द्रित हुदा पाल्पामा शिक्षाको प्रगतीमा ह्रास आएको सहभागीहरुको गुनासो छ ।

  पत्रकार, राजनैतिकदलका नेता, शिक्षा संग सम्बन्धित ब्याक्तिहरुको सहभागीतामा बिहिबार तानसेनमा भएको बार्षिक समिक्षा कार्यक्रममा शिक्षा कार्यालयले प्रयाप्त अनुगमन गर्न नसकेको, शिक्षकलाई दिएको तालिम प्रभाबकारी नभएको, शिक्षकले पढाउन छोडेर राजनिति गर्दे माउपार्टीका कार्यक्रमहरुमा हिडेको, कक्षा कोठामै शिक्षकले घडेरी कारोबारको कुरा गरेको आरोप लगाएका छन् ।
 
शिक्षा एैन र नियमावली बिपरित माबिका स्थाई शिक्षक पनि उच्च माबिको प्राचार्य भएर काम गर्दा शिक्षा कार्यालयले कारबाही गर्न नसकेको, प्राबि स्वीकृत बिधालयलाई उच्च माबि संचालन गर्न दिएको, सरकारी बिधालयका प्रअ र शिक्षकले नै बिधालय नजिकै निजि बिधालय संचालन गरेको, एउटै दरबन्दीमा दुई वटा शिक्षक राखिएको, शिक्षकले पहिरन नलाएको, गाउका स्कुलले शिक्षक राख्दा सदरमुकाममै छनौट गर्नुपर्दा बिधालयलाई आर्थिक भार परेको लगाएतका गुनासा आएका छन् ।

कार्यक्रमका सहभागीहरुले आवश्यक नितिको अभाबले पाल्पाका भुकम्प प्रभाबित बिधालयहरुले क्षति पुर्ति पाउन नसकेको भन्दै  शिक्षा क्षेत्रको बिकासको लागी पाल्पामा आएको ३० लाख बढी रकम फ्रिज भएकोमा चिन्ता ब्याक्त गरेका छन् । 

कार्यक्रममा बोल्ने बक्ताहरुले  लामो समय सम्म घरपाई लगाएतको बाहानामा शिक्षकलाई सरुवा नगर्दा समस्या भएको भन्दै कर्मचारीलाई जस्तै शिक्षकहरुलाई पनि बेला बेला सरुवा गर्नुपर्नेमा जोड दिएका छन् । साना कक्षामा बिधार्थी फेल नगराउने प्रबृतीले पनि एस,एल,सि परिक्षामा नतिजा राम्रो नआएको धेरैको गुनासो छ ।

बिधालय ब्यवस्थापन समितिको निर्बाचनमा नेताहरुले चासो देखाए जस्तै बिधालयको पढाईको बाताबरणमा पनि नेताहरुले ध्यान दिनुपर्नेमा पनि नागरिक समाजका अगुवाहरुले जिल्लाका दलीय नेताहरुसंग आग्रह गरेका छन् ।
आर्थिक बर्ष २०७१ / ७२ मा जिल्ला शिक्षा कार्यालय पाल्पा १ अरब, ९ करोड, २० लाख ७५ हजार खर्च भएको जानकारी दिदै शिक्षा कार्यालयका शाखाअधिकृत महेन्द्र सुबेदीले बर्ष भरी गरिएको काम कारबाहीको बारेमा जानकारी गराएका थिए ।

सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ दिदै जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले समग्र पाल्पाको शिक्षाको अवस्थालाई माथि उठाउन सबैको सहयोग आवश्यक भएकोबताए । शिक्षक दरबन्दी मिलानको लागी उपसमिति निर्माण गरी काम अगाडि बढेको जानकारी दिदै उनले  दरबन्दीको समस्या छिट्टै सुल्झिने बताए । सरकारी बिधालयका शिक्षकहरुले बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म बिधालय बाहेक अन्य स्थानमा कुनै पनि काम गर्न नपाउने भन्दै यदि कुनै काम गर्नुपरे बिधालय ब्यवस्थापन समितिको अनिबार्य अनुमति लिनुपर्नेमा जोड दिए  ।
 
कार्यक्रमका बिशिष्ट अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामीछानेले सहभागीहरुले उठाएका जिज्ञासा र सुझाबहरुलाई लिपिबद्ध गरेर आगामी कार्यक्रममा पेश गर्न शिक्षा कार्यालयलाई सुझाब दिए । बार्षिक समिक्षा कार्यक्रममा पत्रकारहरु, जिल्लाका राजनैतिक दलका नेता, शिक्षा संग सम्बन्धित बिभिन्न पेशागत  संघसस्थाका प्रमुख लगाएतको सहभागीता थियो । यस बर्षको एस,एल,सि परिक्षामा पाल्पाबाट ३९ दशमलब १९ प्रतिशत मात्रै बिधार्थी उर्तिण भएका थिए । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लेखाअधिकृत दिवाकर अर्यालले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %