पश्चिम पाल्पामा फोन नलागेर हैरान

Read Time:1 Minute, 59 Second

देब पचभैया

पाल्पा, श्रावण ७ – पश्चिम पाल्पाका बल्ढेङ्गगढी, सत्यवती, कचल लगायतका गाविसमा नेपाल टेलिकमको मोवाईल सेवा सहज नहुँदा ग्राहकहरु मर्कामा परेका छन् । यी गाविसमा नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड सिमकार्डले कभरेज नलिंदा मानिसहरुले हैरानी ब्यहोरेका हुन् ।

गाउँमा आउने पाहुँनाले समेत फोन नलागेको गुनासो गर्ने स्थानियले बताएका छन् ।

सुकादमार, बुढीदरमार, खुर्साने, सत्यवती, बल्ढेङ्ग, जुठा, गहते, काउले, चिदीपानी, लौधपानी, कचल, चहला लगायतका गाउँमा नेपाल टेलिकमका मोवाइल फोन नलागेर उपभोक्ता हैरानीमा परेका छन् । नेपाल टेलिकमका मोवाईल फोनले कभरेज नदिएका कारण एनसेल मोवाईलका प्रयोगकर्ता भने बढेका छन् ।

केही डाँडाकाँडामा टेलिकमका मोवाईलले आशिंक रुपमा काम गरे पनि धरैजसो ठाउँमा कभरेज नगर्ने स्थानीयको भनाई छ । नेपाल टेलिकमले टावर स्थापना नगर्दा कभरेज नपुगेको हो । केही स्थानमा भने रुपन्देही तथा कपिलबस्तु जिल्लाका टावरले टिप्ने हुँदा कभरेज दिने गरेको छ ।

नेपाल टेलिकम पाल्पाका प्रमुख भगवानराम कलवारले बल्ढेङ्गगढी, सत्यवती, कचल लगायतका गाविसमा यसै आर्थिक वर्षमा टावर स्थापनाको प्रयास भइरहेको जानकारी दिए । ति गाविसमा टेलिकमका मोवाईलले फोन नटिप्ने समस्या धेरै पहिलेदेखि रहेको भन्दै सहज कभरेजको लागि टावर निर्माणको पहल थालिएको उनको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %