जर्जियाको पहिलो महाधिवेशनले मगर समाजको छाता संगठन पनि तय गर्ने छ : पुवाँर मगर

Read Time:3 Minute, 11 Second

अमेरिकामा बसोबास गरिरहनु भएका राज पुवाँर मगर भूटानी मगर हुनुहुन्छ । अहिले नेपालमा प्रदर्शन भईरहेको मगर चलचित्र रैंयाँ पुवाँरले पनि अमेरिकामा प्रर्दशन गर्न लागिरहनु भएको छ । यसै बिषयवस्तुमा रहेर राज्यसत्ता डटकमको तर्फबाट गरिएको कुराकानीको सारंश :

 

अमेरिका कहिले जानु भयो ?

– करिब ७ वर्ष हुन लाग्यो । २००८ को दिसम्बर महिनामा म सपरिवार अमेरिका आएको हुँ ।

भुटानको मगरको स्थिति भुटानमा हुँदा कस्तो थियो ?

-भूटानको मगरहरू आफ्नै परम्परा,रिती-थिती,धर्म-संस्कृतिमा आवद्ध थिए र हालमा पनि छन् ।

अमेरिकामा भुटानको मगरहरुको अवस्था कस्तो छ ?

– नेपाल या त भनौँ भूटानमा जस्तै नै अमेरिकामा पनि भूटानी मगरहरू आफ्नो संस्कृति,परम्परा आदिको जगेर्णा गर्नको निमित्त लागि परिरहेका छन् । मगरहरुको संख्या धेरै-थोरै जे जस्तो भए पनि आफ्नो-आफ्नो स्टेटबाट विभिन्न संस्थाहरूको स्थापना गरेर मगरहरू आफ्नै परम्परा,संस्कार आदिको संरक्षण एवं जगेर्णामा जुटीरहेका छन् ।

र साथै अमेरिकाको जर्जिया स्टेटमा भूटानी मगरहरूको पहिलो महाधिवेशन सम्पन्न हुन गइरहेको छ । जसले सम्पूर्ण भूटानी मगरहरूलाई समेट्दै मगर समाजको छाता संगठनको पनि तय गर्ने भएको छ ।

भुटान र नेपालको मगरहरुको छलफल, भेटघाट भएका छन ?

– अनौपचारिक रूपमा पक्कै भएको छ । तर संस्थागत रूपमा भने हालसम्म भएको छैन ।

अमेरिकामा बसोबास गरिरहनु भएको छ तर रैंयाँ प्रदर्शन गर्दै हुनुहुन्छ, किन ?

 

– के भूटान ? के नेपाल ? के अमेरिका? मलाई लाग्छ ‘रैँया’ चलचित्र सम्पूर्ण मगरहरूको परम्परा,संस्कृति,भेष-भूषा आदि प्रति केन्द्रित चलचित्र हो । अनि यस चलचित्रको प्रदर्शनीले अमेरिकी बासी सम्पूर्ण मगरहरूले धेरै कुराहरूको ज्ञान लिनसक्नुहुनेछ ।

भुटानका मगर र नेपालका अमेरिकामा बसोबास गरिरहनु भएको मगरलाई के भन्नु हुन्छ ?

– आफ्नो संस्कार,परम्परा आदिलाई नविर्सौँ ।  मगर हुनूमा गर्व गरौँ ।।

रैंयाँ कस्तो होला जस्तो लागिरहेको छ ?

– नेपालमा मगर जातीका अलवा अन्य विभिन्न जात-जातिहरूले पनि मन पराइएको चलचित्र हुनाले अमेरिकामा पनि मगरमात्रै नभएर अन्य नेपाली भाषीहरूले पनि मन पराएर एक पटक हेरेर ‘रैँया’ चलचित्रलाई माया गर्नुहुनेछ भन्ने कुरामा विस्वास्त छु म ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %