देब पचभैया
काठमाडौं, ५ साउन – संविधानको प्रारम्भिक मस्यौदामा आदिवासी जनजातिको अधिकारका विषयलाई सम्बोधन नगरेको भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले विरोध स्परुप मोटरसाइकल र्यालीको आयोजना गर्यो ।
संविधानसभाले विस्तृत शान्ति सम्झौताको विरुद्धमा आदिवासी जनजातिले चाहेको संघीयता स्वायत्तता, आत्मनिर्णयको अधिकार तथा उनीहरुको हकअधिकार विहिन मस्यौदा संविधान जारी गरी छलफलमा ल्याएको भन्दै आन्दोलन नेपालले विरोध स्वरुप मोटरसाइकल र्याली आयोजना गरेको हो ।
मस्यौदा संविधान तल्लो तहसम्म ब्यापक छलफल नगराई देखावटी रुपमा छोटो बाटोबाट एक थान संविधान जारी गर्न लागेकोप्रति घोर विरोध स्वरुप र्यालीको आयोजना गरीएको आन्दोलन नेपालले जनाएको छ । मंगलबार आयोजित मोटरसाइकल र्याली राजधानीको भृकुटीमण्डपबाट शुरु भई जावलाखेल लगायत विभिन्न स्थान हुदैं फेरी भृकुटमिण्डपमा आई समापन भएको थियो ।
र्यालीमा राष्ट्रिय युवा फोर्स तथा अन्य जातीय संघसंस्थाका प्रनिधिहरुको सहभागीता रहेको थियो ।
