मगर संघ पाल्पाले बुझायो २१ बुदे असन्तुष्टी + फोटो समाचार

Read Time:7 Minute, 50 Second

आफ्ना अधिकारलाई संबिधानमै सुनिश्चित गर्न माग गर्दै पाल्पालीले दिए सुझाब

मस्यौदा च्यात्ने तीन माओबादी नेता पक्राउ, जलाउने माथि प्रहरीको हस्तक्षेप ,

देब पचभैया

  पाल्पा, श्रावण ४ – नया बन्ने संबिधानमा आफ्ना हक अधिकारलाई सुनिश्चित गर्न पाल्पालीहरुले  संबिधानको पहिलो मस्यौदा माथि लिखित एबं मौखिम सुझाब दिएका छन् ।  पाल्पाको तीन वटै निर्बाचन क्षेत्रमा गरिएको कार्यक्रममा उपश्थित भएर पाल्पालीहरुले आ आफ्ना सुझाब हरु दिएका हन् ।

 

संबिधान सभा नागरिक सम्बन्ध तथा सुझाब समिति, संबिधानको पहिलो मस्यौदा माथि सुझाब संकलनको लागी पाल्पाको क्षेत्र नम्बर १ को लागी रामपुरमा, क्षेत्र नम्बर २ को लागी मदनपोखराको दमकडामा र क्षेत्र नम्बर ३ को लागी तानसेन नगरपालीका हलमा कार्यक्रम भएको थियो ।

खेतीपाती र घरको कामै छोडेर पनि नागरिकहरु सुझाब दिन कार्यक्रम  स्थल पुगेका थिए ।

 

तर एक निर्बाचन क्षेत्रका बासिन्दाहरुले एउटा मात्रै स्थान तोकिएकाले सबै नागरिकहरुले भने सुझाब दिन पाएका छैनन ।

क्षेत्र नम्बर २ को लागी तोकिएको मदनपोखराको दमकडामा यम्घा, दर्लमडाडा, चाप्पानी, खानीगाउ लगाएतका स्थानका जनता सुझाब स्थल टाढा भएकाले सहभागी हुन पाएका छैनन् ।

त्यस्तै क्षेत्र नम्बर ३ को लागी तानसेनमा गरिएको सुझाब संकलनको कार्यक्रममा पश्चिम पाल्पाका गाबिस बाट जनताहरु सुझाब दिन आएका थिएनन् ।

दलिय कार्यकर्ता र नेताहरुले नै ति स्थानहरुको प्रतिनिधित्व गरेका थिए ।

क्षेत्र नम्बर १ को लागी रामपुरका गरिएको कार्यक्रममा पनि बाकामलाङ्ग , सहलकोट, सिलुवा लगाएत क्षेत्रका बासिन्दाहरु कार्यक्रममा गएका छैनन् ।

गाउमै कम मस्यौदा पुगेको र राम्ररी पढ्न पनि नपाएको भन्दै धेरै जसो गाउका जनता कार्यक्रम नगएको बताएका छन् ।

 मस्यौदा च्यात्ने ३ माओबादी नेता पक्राउ

सभासदकै अगाडि संबिधानको मस्यौदा च्यात्ने ३ माओबादी नेतालाई पाल्पामा प्रहरीले पक्राउ गरेको छ ।

पाल्पा क्षेत्र नम्बर १ अन्र्तगत रामपुरमा मस्यौदा माथि सुझाब संकलन भैरहेको बेला सभासद राधाकृष्ण कडेलकै अगाडि मस्यौदा च्यात्ने नेकपा ड्यास माओबादी पाल्पाका जिल्ला सहसेके्रटरी हिराबहादुर थापा, रामपुर नगर कमिटिका प्रमुख राम प्रसाद खत्री र जिल्ला सदस्य शिब खनाल लाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई एक घण्टा नियन्त्रणमा लिएर छोडेको नेकपा माओबादी पाल्पाका सेक्रेटरी गिर बहादुर थापा बिरबलले जानकारी दिनुभयो ।

मस्यौदा जलाउनेमाथि हस्तक्षेप

मगर संघ पाल्पाले बुझायो २१ बुदे असन्तुष्टी

संबिधान निर्माणको लागी निर्माण गरिएको प्रारम्भिक मस्यौदाले आदिबासी जनजातिहरुको अधिकार खोसेको  भन्दै नेपाल मगर संघ पाल्पाले मस्यौदा जलाएका छन् । तानसेनको टुडिखेल मैदानमा कोणसभा गरि उनीहरुले मस्यौदा जलाएका हुन् । मस्यौदा जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । मगर संघका कार्यकर्ताहरुले जलाएको मस्यौदा प्रहरीले हस्तक्षेप गरी खोसेको थियो ।

नेपाल मगर संघ पाल्पाले संबिधान सभासंग २१ बुदे माग पनि राखेको छ । पाल्पाको ३ वटै निर्बाचन क्षेत्रमा संचालन भएको सुझाब संकलन कार्यक्रममा पुगेर संघले आफ्ना मागहरुसभासद मार्फत संबिधान सभामा पठाएका हुन् ।

नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले सभासदलाई बुझाउनुभएको सुझाब पत्रमा

मातृभाषा  र लिपिमा संबिधान जारी हुनुपर्ने, धर्मनिरपेक्ष संघिय गणतन्त्रको संबिधान निर्माण गर्नुपर्ने, समानुपातिक समाबेशी प्रतिनिधित्वलाई अपरिर्बनीय धाराको रुपमा उल्लेख गर्नुपर्ने, प्रथम संबिधान सभाका जननिर्बाचित सभासदहरु बाट भएको राज्य पुर्बसंरचना समितिले निर्णय गरेको १४ प्रदेश, आदिबासी जनजाती मधेसी, दलित मुस्लिम आपाङ्ग , महिलाहरु संग गरेका संझौता , दोश्र्रो संबिधान सभामा ३० दलले  प्रस्ताब गरेको १० प्रदेश र सर्बोच अदालतको आदेश अनुसार नामाङ्कन, सिमाङ्कन सहितको राज्य पुर्नसंरचना हुनुपर्ने, आदिबासी जनजातिको आयोग गठन हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै मिश्र्रित निर्बाचन प्रणाली अन्र्तगत समानुपातिकमा ६० प्रतिशत र प्रत्यक्ष तर्फ ४० प्रतिशतको अनुपातमा हुनुपर्ने , प्रदेशको सिमाङ्कन गर्दा जातिय सघनतालाई प्राथमिकता दिनुपर्ने, संबिधानको प्रस्ताबनामै धर्म निरपेक्ष राष्ट्र सुनिश्चित गर्नुपर्ने, मातृभाषालाई सरकारी काम काजमा प्राथमिकता दिनुपर्ने, मगरात स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने, प्रथम सहिद लखन थापा मगरलाई संबिधानमै प्रथम सहिद भनी उल्लेख गर्नुपर्ने लगाएतका माग राखिएका छन् ।

नेपाल मगर संघ पाल्पाले ३ वटै कार्यक्रम स्थल पुगी आफ्ना मागहरु सभासद समक्ष पेश गरेका थिए ।

मगरी भेष भुसा र आफ्ना मागहरुको बारेमा नारा लगाउदै सयौको सख्यामा उनीहरु कार्यक्रम स्थल पुगेका थिए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्यहरु गमबहादुर थापा, मोहन थापा, मगर संघ पाल्पाका पदाधिकारी, मगर संघ तानसेन नगर समिति, मगर बिधार्थी , मगर संघका जिल्ला सल्लाहकारहरु लगाएतको उपश्थितिमा मदनपोखराको दमकडा, रामपुर, र तानसेन नगर पालीका हलमा भएको कार्यक्रम स्थलमै पुगेर आफ्ना माग र सुझाब समेटिएको लिखित पत्र सभासदलाई बुझाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %