गोविन्द घर्ती
देवदह, साउन ३ – रुपन्देहीको देवदहबाट ठूलो मात्रामा अखाद्य वस्तु मिसाएको नक्कली मह बरामद गरेको छ ।
देवदह–८, शितलनगरमा रहेको क्रिकेट खेलमैदान नजिकै बस्ने पजरकट्टाले बजारमा बेच्नको लागि तयार गरिएको नक्कली मह देवदह प्रहरीले बरामद गरेको हो ।
चिनी पानीलाई उमालेर नक्कली महका चाकामा सो पानी मिसाएर नक्कली मह निर्माण गरी बजारमा बेच्ने गरेको तथ्य वाहिर आएको हो । उक्त नक्कली मह बजारमा २ सय देखि ८ सय सम्ममा विक्रि हुने गरेको पजरकट्टाहरुले जनाएको छ ।
विगत लामो समय देखि सो ठाउमा पाल टागेर बस्दै आएका पजरकट्टाहरुले वन जंगलबाट ल्याएको भन्दै नक्कली अखाद्य मिसावत नक्कली मह बेच्दै आएको देवदह प्रहरी चौकीले जनाएको छ ।
शंका लागि पजरकट्टाहरु बस्ने ठाउमा गएर हेर्दा ३८ डब्वा करीव ७ क्यिन्टल नक्कली मह फेला परेको देवदह प्रहरी चौकीका ईन्चार्ज गिरीराज अर्यालले बताए । सुनसरीको झुक्का र भारत घर बताउने पजरकट्टाहरुले वन जंगलबाट ल्याएको भन्दै अखाद्य वस्तुहरु मिसावत नक्कली मह बेच्ने गरेको चौकीका प्रंमुख अर्यालले बताए। उक्त नक्कली मह रुपन्देहीको देवदहको घोडाहा जंगलमा नष्ट गरिएको छ ।
राजनैतिक दल, प्रहरी प्रशासन र सञ्चारकर्मीहरुको रोहवरमा उक्त नक्कली मह नष्ट गरेको हो ।
