कार्की विप्लव बाट बिदा भए

Read Time:1 Minute, 17 Second

पोखरा, १ साउन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी कास्कीका जिल्ला सदस्य एवं अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी मजदुर संघ कास्कीका अध्यक्ष एंगेल्स कार्कीले पार्टी छाडेका छन ।

कार्कीले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गरी आफू आबद्ध पार्टी छोडेर पूरानै पार्टी नेकपा–माओवादीमा फर्किएको घोषणा गरे । नयाँ जनवादी क्रान्ति गर्ने भ्रममा परेर आफू नयाँ पार्टीमा लागेको तर, लामो समय बित्दा पनि केही गर्न नसकेकाले आफू पूरानै पार्टीमा फर्किएको कार्कीले विज्ञप्तिमार्फत् जनाएका छन ।

नेकपा–माओवादीले लिएको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा नै सही रहेको र सो कार्यदिशा लागू गर्नका लागि अब आफू पूरानै पार्टीमा सक्रियताका साथ लाग्ने समेत कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %