एमाले माओबादीलाई संगै हिडाउनु काग्रेसको सफल्ता : थापा

Read Time:4 Minute, 49 Second

संविधानको प्रारम्भिक मस्यौदामा दलिय बिचार बाझिएकाले जनताको माझ

आएको गगन थापाको बिचारोक्ति ।

देब पचभैया

पाल्पा, श्रावण १ – नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन थापाले संविधान सभामा भाग लिने सबै राजनीतिक दलको दर्शन बोकेको साझा दस्तावेज संविधानको मस्यौदामा भएकाले कतिपय व्यवस्था बाझिएको बताएका छन ।

उनले सबै राजनीतिक दलको घोषणापत्रलाई समेट्दा यसमा केही वढी र केही कम हुन सक्ने भएकाले जनताको माझमा छलफलका लागि ल्याउनु परेको बताए ।

नेपाल महिला संघ पाल्पाले शुक्रबार पाल्पाको बराङ्गदीमा राखेको आमसभामा बोल्दै नेता थापाले संविधानको प्रारम्भिक मस्यौदामा बाझिएका विषयलाई सबै जनताको सुझाव आवश्यक भएको बताए । उनले भने, ‘बाझिएका विषय जनताको सुझावमा पनि आउनेछ । त्यसपछि त्यस्ता विषयलाई सबै दलको सहमतिमा संशोधन गरेर संविधान जारी हुनेछ ।’

संविधान जारी हुनबाट कसैले पनि रोक्न नसक्ने बताउँदै एमाले र एमाओवादीलाई सँगै लिएर हिड्न सक्नु कांग्रेसको सफलता भएको बताए । उनले मस्यौदा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएर जनताको माझमा पुगेकाले त्यहाँबाट प्रशस्त राम्रो सुझाव आउने बताए । उनले भने, ‘७० वर्षको प्रजातान्त्रिक मूल्य र मान्यता बोकेको कांग्रेसले कहिल्यै पनि लोकतान्त्रिक मूल्य मान्यताको विपरीत संविधानको मस्यौदा ल्याउन चाहेन ।’

उनले जनताको स्वतन्त्रता, सम्प्रभुता, व्यक्तिको स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रतालाई कांग्रेसले कहिल्यै नकुल्चने र यो बाहेकको मस्यौदा बाहिर आउन नदिएको बताए । प्रेस स्वतन्त्रताका विषयमा केही सुझाव आएकाले सञ्चारमाध्यमको हक कुन्ठित हुने खालका जति पनि प्रावधान रहेका छन् ती संशोधन हुने बताए । साउनको ४ र ५ गते जनता माझ पुगेर सभासद्ले सुझाव ल्याउने बताउँदै सकेसम्म प्रदेशको सीमांकनसहितको संविधान जारी गर्ने विषयमा पनि शिर्षनेताहरुबीच छलफल चलाउन दबाव दिनुपर्ने बताए ।

उनले जनताको माझमा सभासद् पुगीरहँदा शिर्ष नेताहरु पनि यस विषयमा छलफल चलाउनुपर्ने सुझाव दिए । उनले भने, ‘कांग्रेस सधै लोकतन्त्रको बाटोमा हिडेकाले जनताले पनि साथ दिएका छन् ।’ संसारको सबै भन्दा नयाँ र कान्छो संधिवान भएकाले यसलाई उत्कृष्ट बनाउनुपर्ने उनले बताए ।

अर्का केन्द्रीय सदस्य शोभाखर पराजुलीले मस्यौदाका विषयमा जनताको प्रशस्त सुझाव आउनुपर्ने बताए । उनले नेपालको भूराजनीतिक अवस्थालाई राम्रोसंग बुझेर मात्र शिर्ष नेताहरुले संविधान जारी गर्नुपर्ने सुझाव दिए । संविधान जग मात्र भएकाले यसलाई जीवन्त दिने काममा सरकार र यसको प्रयोगकर्ता हुने उनले बताए ।  

कार्यक्रममा कांग्रेस जिल्ला सभापति वीरबहादुर रानाले जनताको संविधान जारी गर्नुअघि जनताबाट आउने सुझावलाई सही ढंगले सदुपयोग हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय मगर संघकी केन्द्रीय सदस्य लालकुमारी राना, नेपाल तरुण दलका जिल्ला अध्यक्ष मेजरसिं केसी, महिला संघकी अध्यक्ष गंगा पौडेल, उपाध्यक्ष मीना पन्थी, सचिव सुनिता अधिकारी, क्षेत्र न २ की सभापति इन्दिरा भट्टराईले संविधानको मस्यौदामा देखिएका विवादलाई समाधान गरेर मात्र संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %