हङकङका दुर्गा गुरुङको लगानिमा वृत्तचित्र बन्ने

Read Time:1 Minute, 50 Second

रूद्र श्रीसमगर

पोखरा, २९ असार – पर्वत जिल्लाको बाजुङ गाविसका बारेमा भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र बन्ने भएको छ ।

बाजुङमा जन्मिएका हाल हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ ‘मिलन’को परिकल्पना तथा लगानीमा निर्माण गर्न लागिएको सो वृत्तचित्रमार्फत् बाजुङको जनजीवनलाई प्रत्यक्ष उतार्ने प्रयत्न गरिने निर्माता गुरुङले बताए ।

वृत्तचित्र निर्माणका लागि मंगलबार पोखरामा भएको बाजुङबासीहरूको भेलाले कृष्णकला केसीको अध्यक्षतामा बाजुङ भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र निर्माण समन्वय समिति गठन गरेको छ ।

त्यसैगरी, आर्थिक संयोजकमा क्या. रामकाजी गुरुङ, सह–संयोजकमा दिपिका थापा ‘मिलन’, सदस्य–सचिवमा महेन्द्रबहादुर क्षेत्री, समन्वय समिति सदस्यहरूमा मिनबहादुर गुरुङ, मनबहादुर क्षेत्री, भूपेन्द्र कुँवर, जयबहादुर सुवेदी, जीतबहादुर गुरुङ, होमबहादुर गुरुङ र मनबहादुर दर्जी रहेका छन ।

त्यस्तै, वृत्तचित्रको निर्देशन चलचित्र निर्देशक कृष्णकुमार गुरुङले गर्नेछन भने पत्रकार रूद्रबहादुर श्रीसलाई मिडिया संयोजकका रूपमा जिम्मेवारी दिइएको छ । साथै, सो भेलाले २१ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %